काठमाडौं, आश्विन २६ - नेपाल र यूएईबीचको रोमान्चक फाइनल खेल बराबरीमा सकिएपछि एसीसी ट्रफी एलिट क्रिकेटको उपाधि दुवै टिमले जितेका छन् ।

सारजहा क्रिकेट मैदानमा २ सय ४२ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक थियो । यूएईका बलर सिल्भाले उत्कृष्ट बलिङ गरेपछि नेपालले पहिलो तीन बलमा मात्र २ रन जोड्यो । त्यसपछि अनुभवी ब्याट्सम्यान शक्ति गौचनले एक छक्का र दुई रन दिएपछि नेपाललाई अन्तिम बलमा दुई रनको आवश्यक थियो । नेपालले एक रन पूरा गर्दै ९ विकेटको क्षतिमा ४ सय ४१ रन बनायो । दोस्रो रन लिने क्रममा शक्ति गौचन १४ रनमा रनआउट भए ।
नेपालका लागि शरद भेषावकरले नटआउट ३६ रन बनाए ।

नेपाल तेस्रो पटक एसीसी ट्रफी एलिट क्रिकेटको फाइनलमा पुगे पनि उपाधि जितेको थिएन । युएईले चार पटक ट्रफी उचालिसकेको छ ।
सन् २००२ मा सिंगापुरमा भएको संस्करणमा पहिलोपटक फाइनल पुगेको नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।
नेपाली कप्तान पारस खड्का प्लेयर अफ दी सिरिज भए ।
नेपाली कप्तान पारस खड्का प्लेयर अफ दी सिरिज भए ।