Monday, January 14, 2013
परिवर्तनलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प छैन: राष्ट्रपति
राष्ट्रपति रामबरण यादवले दलहरुको त्रुटीकै कारण नेपाली जनताले चुनेर पठाएको सार्वभौम संस्था- संविधान सभा विगठित भएको अवस्थामा दुइ हजार बैसट्ठी-त्रिसट्ठीको परिवर्तनलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरुसामु आपसमा मिल्नुको विकल्प नरहेको बताउनुभएको छ।
माघे संक्रान्तिका बेला चार धाममध्येको एक धाम रुरु क्षेत्रमा कालीगण्डकी स्नान गर्न सोमबार रिडी पुग्नुभएका राष्ट्रपति यादबले त्यस परिवर्तनलाई संस्थागत गर्नका लागि दलहरुले मिलेर निर्वाचनमा जानु जरुरी रहेको कुरा बताउनुभयो।

सबै पार्टीले एकै ठाउँमा आएर राष्ट्रको सर्बोपरी हितमा लाग्नु जरुरी रहेको र त्यसका लागि जनतामा जानु नै उत्तम विकल्प भएको कुरा राष्ट्रपति यादवले बताउनुभयो।
'संविधानको परिधिभित्र रहेर देशको सर्बोत्तम हितका लागि सबैसंग मिलेर निकास निकाल्ने मेरो कर्तब्य हो, त्यसमा म प्रतिबद्ध छु', राष्ट्रपति यादवले भन्नुभयो।
राष्ट्रपति यादवले कालीगण्डकी स्नानसंगै श्रृषिकेश मन्दिरमा पुजाआजा गरी देबदत्त उद्यानको अवलोकन एवम् संस्कृत पढाई हुने रुरु संस्कृत विद्यापिठका बारेमा समेत जानकारी लिनुभएको थियो। तस्विर सौजन्य: इकान्तिपुर
नेकपा, माओवादीको महाधिवेशन एक दिन लम्बियो

नेकपा, माओवादीको राजधानीमा जारी महाधिवेशन केही विषय टुंग्याउन बाँकी रहेका कारण एक दिन लम्बिएको छ। भोलि विहान नौ बजे शुरु हुने अन्तिम बैठकले केन्द्रीय कमिटीको संरचना र सदस्य संख्याबारे टुंगो लगाउने बताइएकोछ।
नयाँ नेतृत्वको चयनसँगै आज महाधिवेशन समापन गर्ने कार्यक्रम रहेकोमा केन्द्रीय कमिटीको संरचनाको विषयमा टुंगो नलागेकाले त्यस विषयमा भोलि टुंगो लगाउने गरी आजलाई स्थगित गरिएको हो।
केन्द्रीय कमिटीमा रहने सदस्य संख्या र संरचनाबारे टुंगो लगाउन नेकपा माओवादीको केन्द्रीय समितिको बैठक विहानैदेखि बसिरहे पनि निश्कर्षमा पुग्नसकेको छैन। हाल पार्टीको केन्द्रीय समितिमा चवालिसजना सदस्य छन।
महाधिवेशनले अध्यक्ष मोहन बैद्यले राखेको जन-विद्रोहमा जाने प्रस्तावसहितको दस्तावेज हिजो नै पारित गरिसकेको छ। तस्विर सौजन्य: इकान्तिपुर
विश्वमा शक्तिको राजनीतिको हैकम चलिरहेको बेला सम्बन्धित सबैले सजग हुनु राम्रो
महान्यायाधिवक्ता मुक्ति प्रधानले मानव अधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने सम्भावनालाई दृष्टिगत गरी आफ्नो अमेरिका भ्रमण रद्द गर्नुभएको छ। पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तको अनुसन्धान र बयान रोक्नलगाउने आफ्नो लिखित आदेशप्रति कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय समुदायले गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र महान्यायाधिवक्तालाई विदेश भ्रमणमा रोक लगाउने तयारी गरिरहेको सुइँको पाएपछि उहाँले हाललाई भ्रमण रद्द गरेको बताइएको छ।
अमेरिकाको युनिभर्सिटी अफ न्यु हेभेनले महान्यायाधिवक्ता प्रधानलाई 'फौजदारी न्याय प्रणाली, विधिको शासन र फोरेन्सिक साइन्स'बारे अध्ययन भ्रमणमा बोलाएकोमा उहाँले सम्बन्धित विश्व विद्यालयलाई इमेल पठाई दस दिनका लागि समय पर सारिदिन अनुरोध गरेको थाहा भएको छ।

बेलायतमा पक्राउ परेका सेनाका कर्णेल कुमार लामाकै हालत आफ्नो पनि होला भन्ने चिन्ता प्रधानलाई लागेको हुन पनि सक्छ।
डेकेन्द्रको बयान रोक्न लगाउने महान्यायाधिवक्ता र प्रधानमन्त्रीको हरकतलाई लिएर युरोपेली कूटनीतिक नियोगसम्बद्ध अधिकारीहरूबीच गम्भीर छलफल भइरहेको छ । उनीहरू दुवैलाई भिसा रोक्ने निर्णय हुन लागेको खबर महान्यायाधिवक्ता कार्यालयमा आइतबार पुगेको बताइन्छ। डेकेन्द्रको हत्या अभियोगमा पक्राउ परेकाहरूको बयान रोक्न लगाउनुभएका प्रधानसँग अमेरिका प्रस्थान गर्नुअघि आइतबारै दिउँसो मानव अधिकार आयोगले बयान लिएको थियो। आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले प्रधानको गैरकानुनी लिखित आदेशप्रति कडा शब्दमा असन्तुष्टि जनाउनुभएको थियो थियो।
मेरो विचार: कुरा र कारण जेसुकै भए पनि विश्वमा शक्तिको राजनीतिको हैकम चलिरहेको बेला सम्बन्धित सबैले सजग हुनु राम्रो हुन्छ। देशका राम्रा, अर्थात देशप्रेमी सबैलाई विदेश भ्रमणमा बोलाएर मानव अधिकारका नाममा उनीहरुलाई उतै थुनेर कारबाही चलाइदिने, अनि यहाँ प्रतिगामीहरुलाई स्थापित गरिदिने विश्व-पूंजीवादको चालबाजी पनि नहुनसक्दैन। तस्विर सौजन्य: इकान्तिपुर
प्रहरीद्वारा पन्ध्र वर्षपछि हत्यारा पक्राउ
जिल्ला प्रहरी कार्यालय इलामले इलाम जिल्ला कन्याम गाविस वडा नं नौ निबासी विष्णुमाया पौडेलको हत्या गरी फरार रहेका तीनजनालाई पन्ध्र वर्षपछि हिजो पक्राउ गरेको छ। हत्यामा संलग्न रहेका देवर नाता पर्ने कन्याम नौका त्रिसट्ठी वर्षीय टीकाराम पौडेल, छैसट्ठी वर्षीय लक्ष्मी पौडेल र चवन्न वर्षीय प्रेमप्रसाद पौडेललाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
विष्णुमायाको हत्यामा संलग्न उनीहरूलाई सर्वोच्च अदालतको फैसलाअनुसार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो। अदालतले टीकाराम र प्रेमप्रसादलाई एक वर्ष दुई महिना र लक्ष्मी पौडेललाई पाँच महिना कैद तोकेको छ । पक्राउ परेका उनीहरूलाई कारागार चलान गरिएको छ । विष्णुमाया पौडेलको हत्यामा संलग्न उनका पति भूपेन्द्रले यस अघि नै कैद भुक्तान गरिसकेका छन।

विसं २०५४ साउन २० गते राति उनीहरूले विष्णुमायालाई घरमै हत्या गरेका थिए। जिल्ला अदालतले उनीहरू हत्यारा भएको ठहर गरे पनि अभियुक्त चित्त नबुझेपछि पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए।
यसैबीच इलामको चुलाचुली–४ स्थित चाँजो दोभानमा तस्करले लुकाइराखेको ३४ थान सालको काठ आज दिउँसो प्रहरीले बरामद गरेको छ। ती सामान दोभान नजिकै बाँसको झ्याङमा लुकाइराखिएको थियो । रासस
सोलुको नम्चे बजारमा आगलागी:आगो निभाउने प्रयास जारी

सोलु, माघ १ - सोलुको नाम्चे बजारमा आगलागी भएको छ । सोमबार बिहान १० बजेदेखि नाम्चेको वार्ड नम्बर २ स्थित गाविस भवनबाट आगलागी सुरु भएको हो ।
पुरानो गाविस भवनबाट सुरु भएको आगो नजिकै रहेको सनसाईट होटलमा समेत आगो लागेको छ । आगो नियन्त्रणका लागि स्थानीय बासीन्दा, सेना, प्रहरी लगायतले प्रयास गरिरहेका छन् ।
अहिलेसम्म आगो यिन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी नायव उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिएका छन् । बाक्लो बस्तीका कारण आगो नियन्त्रण गर्न नसके बजारमा आगोपस्ने भएकाले करोडौं क्षति हुने बस्नेतले बताए ।
अहिलेसम्म आगलागिबाट के-कती क्षती भयो विवरण आई नसकेको उनले जनाए । साभार: इकान्तिपुर
आज माघे संक्रान्ति- आजदेखि सूर्य धनु रशिबाट मकर राशिमा प्रवेश गर्ने
आज माघ महिनाको पहिलो दिन- माघे संक्रान्ति, नेपालभरि स्नान, दानलगायतका विभिन्न धार्मिक कार्यक्रम गरी मनाइयो। आजदेखि सूर्य धनु रशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई 'मकर संक्रान्ति' पनि भनिन्छा।
![]() |
भक्तहरु पवित्र देवघाटमा स्नान गर्दै |
आजकै दिन स्नान, दान र पूजा अर्चना सम्पन्न भएपछि आ-आफ्ना घरमा तिलको लड्डु, तरुल, घिऊ, खिचडी, फुरौला, सेलरोटी आदि परिकार बनाएर खाने,खुवाउने र मान्यजनबाट टाउकामा तोरीको तेल लगाउने चंलन छ।
यस दिनलाई थारु समुदायका मानिसहरु आफ्नो नयाँ वर्ष- माघीका रुपमा विशेष धुमधामका साथ मनाउँछन।
Subscribe to:
Posts (Atom)