Friday, February 8, 2013
एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन सम्पन्न: पोस्ट बहादुर बोगटी महासचिवमा निर्वाचित, अधक्ष, उपाध्यक्ष यथावत

महाधिवेशनले पार्टी-महासचिवको जिम्मेवारी यस अघि सचिवको कार्यभार सम्हाल्दैआउनुभएका पोष्टबहादुर बोगटीलाई सुम्पेको छ। महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधिहरुले श्री बोगटीलाई आज सर्वसम्मतिले पार्टी-महासचिवमा चुनेका हुन।

यस अघि पार्टी-महासचिवको जिम्मेवारी सम्हाल्दैआउनुभएका रामबहादुर थापा नेकपा, माओवादीतिर लागेपछि सो पद रिक्त थियो। बोगटी पार्टी-महासचिवमा चुनिएपछि रिक्त रहनगएको सचिवको छनोट केन्द्रीय समितिले गर्ने बताइएको छ।

यस अघि पार्टी-महासचिवको जिम्मेवारी सम्हाल्दैआउनुभएका रामबहादुर थापा नेकपा, माओवादीतिर लागेपछि सो पद रिक्त थियो। बोगटी पार्टी-महासचिवमा चुनिएपछि रिक्त रहनगएको सचिवको छनोट केन्द्रीय समितिले गर्ने बताइएको छ।
महाधिवेशलने एक सय एकाउन्न सदसीय केन्द्रीय समितिका लागि अन्ठानब्बेजनाको मनोनय गरेको छ भने बाँकी केन्द्रीय सदस्यको मनोनयन समानुपातिक-आधारमा पछि गरिने जानकारी पार्टीले दिएको छ।
हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योगमा आइतबारदेखि शुरु भएको महाधिवेशनको बन्द सत्रले नेता अमिक शेरचनको संयोजकत्वमा छ-सदसीय अनुशासन समिति गठन गरेको छ।
बंगलादेशको मुन्शीगंजमा डुंगा डुब्दा लगभग चालिसजना मानिस मारिएको आशंका

राजधानी ढाकाबाट चंदपुरका लागि गैरहेको एमवी सरोश नामको सो डुंगा ढाकादेखि करिब तीस किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परेका दर्जनौं मानिसको उद्धार गरिएको वा कतिपयले आफै पौडेर ज्यान जोगाएको बिबिसीले जनाएको छ। बंगलादेशमा सामान्य मानिएको डुंगा दुर्घटनामा परी वर्षेनी कयौं मानिसको ज्यान जानेगरेको छ। यस्ता दुर्घटनाहरु सामान्यतः न्यून गुणस्तरका डुंगाहरु र क्षमताभन्दा बढी मानिस बसालिने गरिएका कारण हुनेगरेको बताइञ्छ।
विपक्षीहरु सहमति गर्न चाहँदैनन भन्ने कुरा प्रष्ट: माओवादी प्रवक्ता सापकोटा

सहमतिको चुनावी सरकार बनाउने विपक्षीको मागअनुसार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ विकल्प दिनुभएको कुरा पनि उहाँले बताउनुभयो।
एमाओवादी अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय महाधिवेशनका सहभागी-प्रतिनिधिहरुको बन्द सत्रमा छलफलका लागि हिजो प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा सहमतिको नयाँ चुनावी सरकारको नेतृत्व प्रधान न्यायाधीश खिलराज रेग्मीलाई दिने प्रस्ताव गर्नुभएको छ, जसलाई पार्टीले सर्बसम्मतिले अनुमोदन गरेको छ।
तर, नेपाली कांग्रेस र नेकपा एमालेसहित आन्दोलनरत नौ दलको कांग्रेस केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि छलफल गरेपछि 'उक्त प्रस्ताव निर्वाचनमा जाने उद्देश्यबाट नआएको' निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव ल्याएर एमाओवादीले न्यायालयलाई प्रभावित पार्न र यसलाई विवादमा तान्न खोजेको दाबी पनि सो बैठकले गरेको छ।
Subscribe to:
Posts (Atom)