
फिलिपिन्सको दक्षिणी द्वीप मिन्डानाओका वि भिन्न प्रान्तमा आएको समुद्री आँधिका कारण मारिने मानिसहरुको संख्या तिन सयभन्दा बढी पुगेको छ।
त्यहाँक नागरिक सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार, कम्तिमा तिन सय पच्चीसजना मानिस मारिएको पुष्टि भएको छ, र तिन सय उनासिजना अझै हराइरहेका छन्। आँधिले प्रभावित पारेका आठवटा प्रान्तमा मानिसहरु मारिएका छन्, तर पूर्वी मिन्डानाओ द्वीपमा सबैभन्दा बढी क्षति भएको छ। कम्पोस्तेला उपत्यकामा मात्रै कम्तिमा एक सय चौरासीजना मारिएका छन।
भोपा नामक त्यस आँधीबाट कयौं भवन, सडक र स-साना घरहरु ध्वस्त भएकाले पाँच हजार ७३७ परिवारलाई अन्यत्र सुरक्षित स्थलमा सारिएको बताइएको छ ।
तस्विर सौजन्य: बिबिसी