बिहान सम्म देखिएको ठोरी स्थित सिता गुफा नजिकैको सीमा स्तम्भ एकाएक गायब ! कसले उखेल्यो ? साउन ०३, २०७७
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्म भएको भनेको पर्साको ठोरी स्थित सिता गुफा नजिकै नेपाल भारत सीमा क्षेत्रमा रहेको सिमा स्तम्भ उखेलेर फ्याँकेको पाइएको छ।
नेपाली भूमिमा पर्ने सिता गुफा भन्दा करिब ८ मिटर दक्षिण तर्फ डाँडामा रहेको ४३६ नम्बरको सिमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको हो । शनिबार बिहानसम्म यथास्थानमा रहेको स्तम्भ शनिबार दिउँसो भने उखेलिएको पाइएको स्थानीयहरुले बताए।
ठोरी स्थित ससस्त्र प्रहरीको बीओपीका प्रहरी नीरिक्षक दिपक दाहालले पनि सीमा स्तम्भ उखेलेर फ्याँकेको अवस्थामा भेटिएको बताएका छन्। उनका अनुसार सो स्थानमा अहिले ससस्त्र प्रहरी सहित भारतीय एसएसबीको इन्सपेक्टरको कमाण्डमा एसएसबीको टोली खटिएको छ ।

नेपाल स्थित ठोरी आसपासका क्षेत्रमा राम र रामायणसँग सम्बन्धित ठाउँहरु रहेको थाहा हुन आएपछि भारतीय पक्षले सीमा स्तम्भ उखालेर फालेको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन्।
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजाआज गर्दासम्म सीमा स्तम्भ देखिएको भए पनि दिउँसो भने नदेखिएको बताए। प्रधानमन्त्रीले त्यस क्षेत्र भगवान रामको जन्मभूमि रहेको दावी गरेसँगै त्यहाँ अहिले भिड बढेको उनको भनाई छ। शनिबार त्यहाँ भव्य ठोरी गाउँपालिकाको आयोजनामा पूजा गरिएको बताए।
सीमा स्तम्भ कसले उखालेर फाल्यो भन्ने बारे अनुसन्धान भइरहेको बताइएको छ।
https://www.facebook.com/milan.paneru.9/videos/1366875386852419/