
झोले भए पार्टीसंग मागेर, वा लुटेर, अथवा सिधासादा जनतालाई हप्काएर पनि खान पाइहालिन्छ, अरु जोसुकै जतासुकै ज़ाउन। नेताहरुका नजिकका भनाउँदा झोलेहरुको यस्तो मनस्थिति, जसलाई सिढी बनाएर कुर्चीमा पुगियो, उसैलाई हप्काउन नसक्ने नेताहरुको वाध्यता।


अनि प्रचार गर्छन, फलानो पार्टीले उक्साएर आक्रमण गर्न लगाएको मान्छे हो भनेर। त्यसपछि आत्म-तृप्त हुनथाल्दछन, झलनाथलाई कार्यकर्ता देवीप्रसादले कुट्याथ्यो, झक्कुप्रसादलाई पसलेले, सुशिल कोइरालालाई प्रभुराम बस्नेतले ठोक्याथ्यो। अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुंगे माओवादी कार्यकर्ता पदम कुँवरले झापड हान्यो त के भयो।
यहाँको चलन यस्तै छ भन्यो, आफू चोखो बन्यो, बरु त्यो आक्रोशित आम जनताको प्रतिनिधिलाई नै सजाय दिलायो।
सिक, नेता हो, सिक। राजालाई तिमीहरुले फालेका होइनौ, नेपाली जनताले फलेका हुन्। यस्तै चाला हो भने भोलि तिमीहरुलाई पनि बढार्लान।