Thursday, January 31, 2013
अहिलेको सरकारमा सहभागी भएर मात्र माओवादीलाई परास्त गर्नसकिने: नेकाँकेस सुजाता कोइरालाले

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले दलहरुको आन्दोलनले देशमा मुठभेडको अवस्था सिर्जना हुने भएकाले मुठभेड हुन नदिन दलहरुले सहमति र सहकार्यको साथ अघि बढ्नुपर्ने कुरा बताउनुभयो।
अहिलेको सरकारमा सहभागी भएर मात्र माओवादीलाई परास्त पार्नसकिने बताउँदै उहाँले अन्दोलनको बलमा माओवादीलाई परास्त पार्न नसकिने दाबी गर्नुभयो ।
तत्काल निर्वाचनमा जानेहेतु सहमतिमा आउँन कांग्रेस र एमालेलाई माओवादी अध्यक्ष दाहालको आव्हान
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र नेपाली कांग्रेसका कारण संविधान सभा बिघटन भएको कुरा बताउनुभएको छ। सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले खुलामञ्चमा आयोजना गरेको जनजागरण सभामा बोल्दै अध्यक्ष दाहालले यो सभा कसैको भण्डाफोर गर्न नभई जनतालाई यथार्थ कुरा भन्नका लागि गरिएको हो भन्नुभयो।
देशलाई राजनीतिक निकास दिनु आफ्नो गठबन्धनको प्रमुख मुद्दा भएको बताउँदै दाहालले कांग्रेस र एमाले तत्काल सहमतिमा नआए उनीहरुलाई ठूलो क्षति हुनेछ भन्नुभयो।
तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मृत्युपछि कांग्रेसमा बाह्र-बूंदे समझदारीका विरोधीहरुको बोलबाला भएको विचार पनि व्यक्त गर्नुभयो।
देशको आवश्यकता अनुसार गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन संविधान र संघीयताको मुद्दामा एकजुट भएको बताउँदै माओवादी अध्यक्षले गठबन्धन सत्ताको लागि नभएको प्रष्ट पार्नुभयो।
यो सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको कुरा पनि प्रधानमन्त्री भट्टराईले स्पष्ट पार्नुभयो।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप-प्रधानमन्त्रि एवम् गृहमन्त्री बिजयकुमार गच्छदारले एमाले र कांग्रेसले संघीयता स्वीकार नगर्दा देशको दुर्गति भएको आरोप लगाउनुभयो। यी दुईवटा दलले संघीयता स्वीकार गरेको भए संविधान सभाबाट संविधान जारी भइसक्ने दाबी समेत गर्नुभयो।
मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समयानुकुल परिवर्तन हुन नसक्ने पुरानो चिन्तन बोक्नेहरु आफै बिलिन हुने दाबी गर्नुभयो।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ संविधान सभाबाटै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्नुपर्ने कुरा बताउनुभयो।
दलित जनजाति पार्टीका अध्यक्ष बिस्वेन्द्र पासवानले सत्ता मागेर नपाइने विचार व्यक्त गर्दै बहुमत जुटाएर सत्ता चलाउन विपक्षीहरुलाई चुनौति दिनुभयो। तस्वीर सौजन्य: ईकान्तिपुर
इजरेली लडाकु विमानद्वारा सिरियाको सीमाभित्र आक्रमण: दुइजनाको मृत्यु, पाँचजना घाइते
इजरेली लडाकु विमानले सिरियाको सीमाभित्र आक्रमण गरेको कुराको पुष्टि सिरियाली सेनाले गरेको छ। तथापि, लेबनानका लागि हतियारहरु बोकेर गैरहेका गाडीहरु भने त्यस आक्रमणबाट प्रभावित नभएको सेनाले जनाएको छ।

लेबनानका सुरक्षा शुत्र, पश्चिमी कुटनीतिज्ञहरु र सिरियाली बिद्रोहीहरुले हतियार बोकेर गैरहेका गाडीहरुको समूहमाथि लेबनानको सिमाना नजिकै सफल आक्रमण गरिएको दाबी गरेका थिए।
अमेरिका र इजरेलले यस घटनाका बारेमा टिप्पणी गर्न नचाहेको कुरा बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
Subscribe to:
Posts (Atom)