Wednesday, December 26, 2012
विश्वको सबैभन्दा लामो द्रुत रेल मार्ग औपचारिक रुपमा संचालनमा
चीनले विश्वको सबैभन्दा लामो द्रुत रेल मार्गलाई औपचारिक रुपमा संचालनमा ल्याएको छ।

बेइजिङ्गबाट आज विहान तिब्र गतिको पहिलो रेल (बुलेट ट्रेन) क्वांचौका लागि पठाएर औपचारिक रुपमा त्यस मार्गमा उद्घाटन गरियो।
यस मार्गको उद्घाटनपछि पहिले सामान्यतया बाइस घण्टा लाग्ने यात्रा अब दस घन्टामा सिमित भएको जानकारी सिन्ह्वा समाचार समितिले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
जापानका नयाँ प्रधानमन्त्री शिन्जो आबेद्वारा आफ्नो मन्त्रीमंडलको घोषणा


टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री आबेले आफ्नो सम्पूर्ण मन्त्रीमंडलको सहायताले आफूले कडा मौद्रिक नीति, लचकदार वित्तीय नीति र आर्थिक बृद्धि रणनीति लागू गर्ने कुरा बताउनुभयो।
तस्विर सौजन्य: बिबिसी
सौराहामा अन्तर्राष्ट्रिय हात्ती महोत्सवको रमझम
चितवन, पुस ११ - चितवनको पर्यटकिय नगरी सौराहामा आजबाट नवौं अन्र्तराष्ट्रिय हात्ती महोत्सव शुरु भएको छ । सौराहा स्थित बाघमारा सामुदायिक वनको चौरमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न होटल एवं प्रतिष्ठान प्रतिनिधित्व गरेका स्वदेशी ८ र विदेशी १६ गरि २४ टिमले सहभागिता जनाएका छन् ।
आज भएको पहिलो चरणको खेलबाट १२ हात्ती सेमी फाईनलमा प्रवेश गरेका छन् । ति मध्ये ८ घरेलु र चार विदेशी संस्थाबाट प्रतिनिधीत्व गरेकाहरु छन् । घरेलु टोली अन्र्तगत सेमिफाईलनमा प्रवेश गर्नेहरुमा चितवन राष्ट्रिय निकुञ्जको एकताकली, होटल बाराही पोखराको बहादुरगज, हिमालयन ईन्कान्टरको ब्यूटीकली, हिमालयन डिष्टिलरीको रानीमायाकली लगायतका छन् ।
त्यस्तै अत्याधिक दर्शकको रोजाईमा पर्ने हात्तीको छावा बिचको फुटबल प्रतियोगिता अर्न्तगत गौरीशंकर डेभलपमेन्ट बैंक विजयी भएको छ । गौरीशंकरले रोटरी क्लबलाई पेनाल्टी शुट आउटमा २-१ ले पराजित गर्दै सेमीफाईनल प्रवेश गर्यो । खचाखच दर्शकले भरिएको चौरमा छावाहरुले फुटबल खेलिरहदा दर्शकहरुले चर्को हुटिंग गरेका थिए । त्यस्तै गरि आज सम्पन्न पहिलो चरणको टांगा र गाडा दौड तर्फ विभिन्न होटल र प्रतिष्ठान प्रतिधित्व गरेका १२/१२ टांगा, गाडा अर्को चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको खेल स्थलमा बाक्लो उपस्थिती रहेको थियो । अंग्रेजी नयां वर्ष र क्रिसमसको अवसर पारेर विदेशी पर्यटकको बसाई लम्ब्याउन आयोजक क्षेत्रीय होटल संघ सौराहाले हात्ती महोत्सव गर्दै आईरहेको छ ।
हात्ती दौडको आज एक भव्य समारोह बिच उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्नुभएको थियो । उदघाटन पुर्व विभिन्न जातजाति सहितको झांकीले सौराहामा शोभा यात्रा तथा गरेको थियो । उदघाटन कार्यक्रममा वनजंगल, वन्जयन्तुमा संरक्षण पुर्याएको भन्दै हात्ती प्रजजन केन्द्रका रामेश्वर चौधरीलाई आयोजक क्षेत्रिय होटल संघ सौराहाले नगद १० हजार सहित पुरस्कृत गरेको छ । त्यस्तै पर्यटन विकास र समाजसेवामा योगदान पुर्याएको भन्दै गोपालप्रसाद अधिकारी र पुर्णमान श्रेष्ठलाई सम्मान गरेको छ । साभार: इकान्तिपुर
निषेध र बहिष्कारको राजनीतिलाई त्यागेर अब त देशको अवस्थातिर पनि दृष्टि दिने कि, राजनीतिक दलहरुले
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने कुरा बताउनुभएको छ। आफ्नै निवास महाराजगंजमा आज पत्रकारहरुसँग कुराकानी गर्दै सभापति कोइरालाले 'त्यो कुरालाई (अध्यक्ष दाहाललाई) कुनै पनि हालतमा स्वीकार्न सकिँदैन' भन्नुभयो।

मेरो विचार: सहमतिका लागि कुनै प्रयासै नगर्ने, खालि तिमी छोड, मेरो नेतृत्वमा सरकार गठन गर्छु भन्दैमा कसैले मान्ला र भनेको? अर्कालाई निषेध गर्ने, प्रधानमन्त्री सहभागी भएको कार्यक्रम नै बहिष्कार गर्ने, तर प्रधानमन्त्री पाइने भयो जस्तो लागेपछि प्रचण्ड निवास लाजिम्पाटसम्म आफै धाउने, आफुलाई अस्वीकार गरिएपछि नानाथरी गाली गर्ने, चरित्रहत्या गर्ने प्रयास गर्ने, अब आएर दाहाललाई हुदैहुदैन भन्ने; यस्तो गरेर पनि सहमति हुन्छ र भनेको?
म बाहेक अरु कसैलाई पनि हुँदैन भन्ने हो भने, तिमीलाई पनि हुँदैन भनेर अर्काले पनि जरुर भन्छ। त्यसैल, यो निषेध र बहिष्कारको राजनीतिलाई त्यागेर, जुँगाको लडाईं छोडेर अब त देशको अवस्थातिर पनि दृष्टि दिने कि, राजनीतिक दलहरुले।
संविधान सभाका लागि निर्वाचनको मिति घोषणा, रिक्त संवैधानिक आयोगमा पदपूर्ति र संविधान संशोधनलगायतका विषयबारे समग्रमा सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिको सरकारमा रुपान्तरण गरेर त्यसपछि निर्वाचन सम्पन गराउनका लागि कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने प्रधामन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको प्रस्ताव कसैका लागि घातक त निश्चय नै देखिदैन। फरक के मात्रै हो भने, माओवादीले राखेको यी प्रस्तावलाई सहमतिको रुप दिएको खण्डमा भोलि सत्तामा गएपछि निर्वाचन गराउन्न भन्न पाइदैन। माओवादीले शायद यसै कुराको सुनिश्चितता खोजेको छ, जुन, मेरो विचारमा, नेपाल र नेपाली दुबैको हीतमा छ।
Subscribe to:
Posts (Atom)