आज भाद्र शुक्ल तृतिया तिथी- नेपाली हिन्दु
महिलाहरुको परम्परागत साँस्कृतिक पर्व तीज (हरितालिका) हर्षोल्लासका साथ नाच-गान गरी मनाइदैछ।
यस पर्वमा
नेपाली बिबाहित महिलाहरु पानीसमेत नखाई व्रत बसी शिवको पूजा-आराधना गर्दै आफ्ना पतिको सुस्वास्थ्य तथा दिर्घायुको
कामना गर्दछन भने अबिबाहित युवतीहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका
साथ व्रत बस्ने गर्दछन।
यस अवसरमा महिलाहरु
विभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा गई शिव-पार्वतीको
पूजा-उपासना गरी तीजका गीत तथा भजन वा चुट्का
गाएर यो पर्व मनाउने सनातनदेखि नै हिन्दु
सांस्कृतिक परम्परा रहिआएको छ।
नेपाली हिन्दु महिलाहरु
आज विहानैदेखि रातो सारी, सौभाग्यसूचक रातो डोरी, टीका पोते, गरगहना आदिमा सजिएर आराध्य देव पशुपतिनाथलगायत
अधिराज्यका विभिन्न शिव मन्दिरहरुमा भेला भइरहेका छन।

हिमालयकी पुत्री पार्वतीले शिवलाई पतिका रूपमा
पाउँ भनी कठोर व्रत गरी आफ्नो मनोकांक्षा पूरा
गरेको धार्मिक कथनानुसार यो पर्व मनाइदैआएको विश्वास गरिन्छ।
हरितालिका तीजका अवसरमा सम्पूर्ण नेपाली
दिदी-बहिनीमा मेरो पनि हार्दिक मंगलमय सुभकामना! फाेेटाे साैजन्यः गुगल