
तिहारको अन्तिम दिन आज दिदी–बिहनीले आफ्ना दाजु–भाइलाई टीका लगाइदिंदा धार्मिक
विधिअनुसार मण्डप बनाएर अष्टचिरञ्जीवीकासाथै यमराज र यमुनाको पूजा गरी त्यसमा
कहिल्यै नसुक्ने तेलको घेरा लगाएर नओइलाउने मखमली, सयपत्री र दूबाको माला लगाइदिएर
चिरायुको कामना गर्नेगर्दछन।
पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष
सम्मानपूर्वक पूजाआजाका साथै टीका लगाई दिर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा
दाजु–भाइको दीर्घायुको कामना गर्दै दिदी–बिहनीले भाइटीका लगाउने परम्परा
चल्दैआएको हो।

दिदी–बहिनी नहुने दाजु–भाइहरूले आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर
महादेवको मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाका दिन
मात्र सर्वसाधारणका लागि खुला रहन्छ। आज टीका लगाएर खानपान गरिसकेपछि घर–घरमा गई
श्रीसम्पत्तिको कामना गर्दै देउसी खेल्ने चलन छ।
तस्विर सौजन्य: गुगल