इजरेलको आर्थिक राजधानी तेल अविवमा चल्ने एउटा यात्रीवाहक बसमा आज गराइएको बम विष्फोटनमा परी कम्तिमा दसजना घाइते भएका छन्। सैनिक मुख्यालय नजिकै गराईएको सो विष्फोटनपछि गाजामा भयानक विष्फोटनका आवाज सुनिएको कुरा बिबिसीले जनाएको छ।

यसैबीच, हमास र इजरेल बीच युद्ध बिराम गराउने प्रयास जारी छ। इजरेल र गाजा बीच युद्ध शुरु भएको आठ दिनपछि इजिप्टका राष्ट्रपतिसङ्ग बार्ता गर्नका लागि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन कायेरो पुग्नुभएको छ।
यस अघि राष्ट्र संघका महासचिव बान की मूनले पश्चिमी किनारामा प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति मोहमद अब्बाससङ्ग वार्ता गरिसक्नुभएको छ।