एकीकृत नेकपा माओवादीले सरकार, निर्वाचन र संविधानका विषयमा समग्रमा सहमति हुनुपर्ने, अरु विषयलाई थाँती राखेर सरकार परिवर्तनका विषयमा मात्र हो भने सहमति हुन नसक्ने अडान पहिलेदेखि लिदैआएको हो। विपक्षी दल नेपाली कांग्रेसले आज पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार तोक्नलागेका बेला एमाओवादीले आफ्नो अडान फेरि दोहर्याएको छ । उसले प्याकेजमै सहमति नभएसम्म सरकारको नेतृत्व नछाड्ने निर्णय समेत गरेको छ ।

एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी भएको आजको बैठकमा एमाओवादीले संविधानका सन्दर्भमा विगतमा भएका सहमतिहरुलाई लिपिबद्ध गर्ने, संविधान सभा निर्वाचनका लागि आवश्यक कानुन, संख्या, प्रक्रिया तथा क्षेत्रको निर्धारण र संवैधानिक अंगहरुको नियुक्तिलगायत सरकारको निर्माणजस्ता सबै विषयलाई समग्रमा सहमति गर्ने प्रस्ताव राखेको जानकारी एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभएको छ। संचारकर्मीहरुसंग कुरा गर्दै उहाँले कांग्रेसले विगतका सवै सहमतिहरुलाई छाडेर सरकारमा मात्र केन्द्रित भएकाले सहमति हुन नसकेको कुरा बताउनुभयो।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने एमाओवादीले बखेडा झिकेर वैशाखमा चुनाव नगराउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो।
फोटो सौजन्य: इकान्तिपुर
फोटो सौजन्य: इकान्तिपुर