विश्वव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियानमा लागेको ट्रान्सपरेन्सी इन्टरनेसनलले आज बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल अति भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा परेको छ।

तथापि, दक्षिण एसियाली मुलुकहरुमा नेपाल बंगलादेश र आफगानिस्तानको तुलनामा कम भ्रस्टाचार हुने मुलुक ठहरिएको छ । दक्षिण एसियाका अन्य मुलुकहरुमा भुटानले ६४, श्रीलंकाले ४०, भारतले ३६, र पाकिस्तानले २७ अंक प्राप्त गरेका छन।
डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कूल एक एक सयमध्ये ९० अंक प्राप्त गरी विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरु साबित भएका छन्। अफगानिस्तान, उत्तर कोरिया र सोमालिया जम्मा ८ अंक प्राप्त गरी विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलकका रुपमा देखिएका छन।
तस्बिर सौजन्य: हिमालय टाइम्स
तस्बिर सौजन्य: हिमालय टाइम्स
No comments:
Post a Comment