चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका नव-निर्वाचित महासचिव सी चिनफिंगले वर्तमान परिस्थितिमा आफ्नो दायित्व चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातिका चिनियाँ नागरिकलाई सही नेतृत्व दिनु रहेको कुरा बताउनुभएको छ।

अरु बढी गुणस्तरयुक्त शिक्षा, अरु स्थीर रोजगारी, अरु बढी आम्दानी, अरु बढी सामाजिक सुरक्षा, झन् राम्रो स्वास्थ्य सेवा, अरु गुणस्तरयुक्त आवास, र अरु राम्रो वातावरणप्रति चिनियाँ नागरिकको उत्कट अभिलाषाछ भन्दै महासचिव सीले सुखी जीवन यापन गर्ने उनीहरुको इच्छा पूरा गर्नु हाम्रो लक्ष हो भन्नुभयो।
आफ्नो यो कठिन दायित्व पूरा गर्नका लागि आफूले पार्टी पंक्तिलाई आफ्नो वरिपरी गोलबन्द गरी त्यसलाई र चीनका सम्पूर्ण जातीय समुहहरुलाई सही नेतृत्व दिने, सुधार र खुलापनलाई निरन्तरता दिने, उत्पादनशील शक्तिको अरु विकास गर्ने, कार्य-क्षेत्र तथा दैनिक जीवनमा मानिसहरुले भोग्नुपरिरहेका कठिनाइहरुको समाधानका लागि कठीन परिश्रम गर्ने र सर्वसाधारण नागरिकको सम्पन्नताका लागि दृढताका साथ लागिपर्ने कुरा बताउनुभयो।
यी र यस्ता समस्याहरुको समाधानका लागि हामीले सम्भव भएसम्मका सबै प्रयास गर्नुपर्छ, र सम्पूर्ण पार्टी पंक्ति पूर्ण सजगताकासाथ उभिनुपर्छ भन्नुभयो।
चीनले विदेशका बारेमा धेरै जानकारी लिनाचाहेको र चीनका बारेमा पनि बढी जानकारी प्रवाहित गर्न संचारकर्मीहरुलाई आह्वान गर्नुभयो।