आगामी दसकमा चीनको नेतृत्व गर्ने नयाँ युवा नेतृत्व सार्वजनिक भएको छ। युवा नेता सीले अब राष्ट्रपति हु चिन्थाओको स्थान लिनुभएको छ। उहाँले राष्ट्रपति हु चिनथाओको साशनकालमा चिनियाँ अर्थतन्त्रमा भएको असामान्य वृद्धिको स्थितिलाई निरन्तरता दिनुछ, र चीनको शान्तिपूर्ण विकासको बाटोलाई अरु मलजल गर्नुछ।

जन-वृहद सभा भवनको रंगमंचमा श्री सीले नेतृत्व गर्नुभएको नेतृत्व-पंक्तिमा लि खछ्यांग दोश्रो स्थानमा हुनुहुन्थ्यो, जसको अर्थ उहाँले अब चीनको प्रधानमत्रीको कार्यभार सम्हाल्नुहुनेछ।
र त्यसपछि अरु पाँचजना भन्नुको अर्थ स्थायी समितिको आकार सातबाट घटेर पाँच भएको छ।
ती पाँचजनामा उपप्रधानमन्त्री चंग तच्यांग, शांगहाई पार्टी प्रमुख यु चंगशंग, प्रचार-प्रसार प्रमुख लिउ युन्शन, उपप्रधानमन्त्री वांग छिशन र थ्यन्चिन पार्टी प्रमुख चांग काओली हुनुहुन्छ।
No comments:
Post a Comment