Saturday, December 29, 2012
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई हृदयाघात?
बिर्तामोड, पुस १४ - बिराटनगरमा भएको एक कार्यक्रममा बोल्दै गरेका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला बेहोस भएपछि उनलाई उपचारको लागि भारतको सिलिगुढी लगिएको छ।
बेहोस भएपछि बाँस्तोलालाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएको थियो । त्यहाँका चिकित्सकले बाँस्तोलालाई मुटु र मस्तिष्कमा समस्या देखिएको पुष्टि गरेका थिए । सिलिगुढीका चिकित्सक डा. सिल्दराज ओझाले सञ्चालन गरेको नर्सिङ होममा उपचारका लागि उनलाइ लगिंदै छ ।
'उनलाई काठमाडौं वा अन्यत्रै उपचारको लागि लैजान त्यहाँका चिकित्सकले सुझाव दिएपछि सिलिगुढी लगिएको हो', कांग्रेस महासमिति सदस्य सुदीप शिवाकोटीले बताए ।
काठमाडौंका चिकित्सिकले हेलिकप्टरमा काठमाडौंमा ल्याउनु भन्दा एम्बुलेन्समा भारत लान सुझाव दिएपछि उनलाई त्यता लगिएको शिवाकोटीले बताए ।
साभार: इकान्तिपुर
भारतको राजधानीको नगर बसमै सामूहिक बलात्कारको शिकार भएकी 'छात्रा'को मृत्यु: सुरक्षा व्यवस्था कडा, विभिन्न स्थानमा प्रहरी तैनाथ
भारतको राजधानी नयाँ दिल्लीमा नगर बसमै सामूहिक बलात्कार गरिएकी तेइस वर्षीया छात्राको मृत्यु भएपछि नगरका विभिन्न स्थानमा प्रहरी तैनाथ गरिनुका साथै शान्त रहन सबैलाई आव्हान गरिएको छ।

उनी को हुन् भन्ने कुरा थाहा हुन नसकेको भनिएकी 'तेइस वर्षीया विद्यार्थी'को शव आज भारतको राजधानी पुर्याइदै छ।
उनको मृत्युको खबर पाएको भारतीय प्रहरीले मध्ये दिल्लीको अधिकांश भाग बन्द गर्नुका साथै भूमिगत रेल-मार्गका कतिपय बिसौनीहरु बन्द गरेको छ, र मानिसहरुलाई नगरमा घुम्न ननिस्कन आग्रह गरेको छ। नागका मध्ये भागमा पाँचजनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाइएको छ। तस्विर सौजन्य: बिबिसी
भारतको राजधानी नयाँ दिल्लीमा नगर बसमै सामूहिक बलात्कारमा परेकी तेइस वर्षीया विद्यार्थीको अस्पतालमा मृत्यु

बेलुकि साढे नौ बजे दिल्लीको नगर बसमा चढेका ती छात्रा र उनका पुरुष साथीलाई सरकारद्वारा संचालित नगर बसमै गरिएको यस्तो पाशविक व्यवहारका विरुद्ध दिल्लीका सडकहरुमा भएका हिंसात्मक प्रदर्शनका क्रममा एकजना प्रहरी अधिकृत पनि मारिएका थिए।

नर-पशुहरुको सामूहिक बलात्कारका कारण ती युवतीको मृत्यु भएपछि बोल्दै भारतीय प्रधानमन्त्री मा=मनमोहन सिंहले यस घटनाले आफूलाई निकै दुखित बनाएको कुरा बताउनुभएको छ।
यसै डिसेम्बर सोह्र तारिख बेलुकि भएको त्यस घटनाका आरोपी छजनालाई प्रहरीले गिरफ्तार गरेको छ भने दुइजना प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ। तस्विर सौजन्य: बिबिसी
चीनमा जवान छोरा-छोरीहरुले नियमितरुपमा आफ्ना बृद्ध आमा-बाबुहरूलाई हेर्न जानैपर्ने कानून
जन-गणतन्त्र चीनले एउटा यस्तो कानून पारित गरेको छ, जसले छुट्टिएर वा काम विशेषले बाहिर रहेका जवान छोरा-छोरीहरुले नियमितरुपमा आफ्ना बृद्ध आमा-बाबुहरूकहाँ जानैपर्ने स्थिति सिर्जना गरेको छ। छोरा-छोरीहरुले आफ्ना बृद्ध आमा-बाबुहरूकहाँ महिना वा वर्षमा, अथवा हप्तामा कति पटक जानुपर्ने भन्ने कुरा त उल्लेख गरेको छैन, तर आफ्ना बृद्ध आमा-बाबुहरुलाई हेर्न नगएमा कानूनी कारबाही हुने कुरा भने उल्लेख गरेको छ।
अधिकांश परिपक्व चिनियाँहरुले बुढा-बूढी भैसकेका आफ्ना आमा-बाबुहरूलाई एक्लै छोडिदिने वा बेवास्ता गर्ने गरिरहेको परिप्रेक्षमा यस कानूनले बृद्ध अवस्थाका लागि सहारा मानिएका आफ्ना छोरा-छोरीहरुलाई बृद्ध आमा-बाबुहरूकहाँ फिर्ता ल्याउने आशा गरिएको छ।

तिब्र आर्थिक विकासको गतिले चीनमा संयुक्त र ठूलो परिवारको परम्परालाई तहसनहस पारेको छ। प्राप्त तथ्यांकअनुसार, आठमध्ये एकजना चिनियाँ नागरिक साठी वर्षभन्दा बढी उमेरको रहेको, र त़ीमध्ये आधाभन्दा बढीले एक्लै बस्नुपरेको कुरा बिबिसीले जनाएको छ।
चीनको एक शिशु नीति र नाटकीयरुपमा बढेको चीनको औषत आयुका कारण पनि यो समस्या सिर्जना भएको हो।
पढेलेखेका छोरा-छोरीहरु काम गर्नका लागि ठूला औद्योगिक केन्द्रहरुतिर जाने र घरमा बाबु-आमा एक्लै पर्ने घटना सामान्य भएको चीनमा बृद्ध-बृद्धाहरुका लागि पर्याप्त संख्यामा सेवा निवृत्त अर्थात रेखदेख गृहहरुको स्थापना गर्नु आवश्यक देखिएको छ। तस्विर सौजन्य: बिबिसी
Subscribe to:
Posts (Atom)