म्यानमार सरकारले तामा खानी बाहिर प्रहरीद्वारा नौ दिनअघि गरिएको कारबाहीमा परी केही बौद्ध भिक्षुहरु घाइते भएकोमा क्षमा याचना गरेको छ। स्थानीय किसानहरुलाई उनीहरुको जमीनबाट दखल गरिएको भन्दै तामा खानी बाहिर प्रदर्सन गरिरहेका मानिसहरुलाई त्यहाँबाट हटाउने सन्दर्भमा प्रहरीको कारबाहीमा परी बीसजना बौद्ध भिक्षुसहित पचासजना घाइते भएका थिए।

धार्मिक मामिला सम्बन्धी मन्त्री म्यिंत मौंगले वरिष्ट बौद्ध भिक्षुहरुको प्रतिनिधिमण्डलसङ्ग कुराकानी गर्दै यस घटनाका लागि प्रहरीले माफी मागेको जानकारी दिनुका साथै यस प्रकारका घटनाहरु फेरि दोहरिन नदिनका लागि सरकारले सम्भव भएसम्मको प्रयास गर्ने वचन दिनुभयो।
तस्विर सौजन्य: बिबिसी