Friday, January 4, 2013
एकीकृत नेकपा माओवादीका नेताहरु साम्राज्यबादीका दलाल बनेको नेकपा, माओवादीका अध्यक्ष मोहन बैद्यलेको आरोप

विदेशीहरुले नेपालमा बिभिन्न बहानामा दलाल पठाएर त्यसैको आडमा कठपुतली सरकार निर्माण गर्न सफल बनिरहेको दाबी गर्दै बैद्यले 'भारतसङ्ग भएको बिप्पा सम्झौता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा भारतलाई दिने निर्णय यसकै उदाहरण हो' भन्नुभयो।
महाधिवेशनपछि आफ्नो पार्टी देशको सबैभन्दा ठूलो शक्ति बन्ने दाबी पनि वैद्यले गर्नुभयो। त्यस पार्टीले आगामी माघ २५ देखि २९ गतेसम्म महाधिवेशन गर्दैछ। तस्विर सौजन्य: इकान्तिपुर
इलाममा यौन दुर्व्यवहारको अवस्था र सजाय
इलाममा यौन दुर्व्यववहारका घटनामा आश्चर्यजनक रूपमा बृद्धी भएपछि त्यहाँको सुरक्षा निकाय चिन्तित भएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा यस आर्थिक वर्षको छ महिनामा आठवटा यौन दुर्व्यवहारका घटना दर्ता गरिएको छ। यौन दुर्व्यवहारका आठमध्ये चारवटा घटनाका शिकार बालिकाहरु नै भएका छन्।
गत वर्ष जबर्जस्ती करणी र यौन दुर्व्यवहारका नौवटा मुद्दा प्रहरीमा दर्ता भएको जानकारी दिदै प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले भन्नुभयो, “यो वर्ष छ महिनामै गत वर्षको जति यौन दुर्व्यवहारका घटना प्रहरीकहा आएका छन्, यसले यौन दुर्व्यवहारका घटना बढेको देखाएको छ।”
जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्षमा बालिका बलात्कार गरी हत्या गरेका इलाम सुलुबुङका युवराज लुम्रेमगर सर्वस्वसहित जन्मकैद भोगिरहेका छन् । गत आवमा बालिका र महिलामाथि जबर्जस्ती करणी गर्ने सन्तोष सुनुवार दर्जी, तेजप्रसाद ढकाल, खगेन्द्र बस्नेत र तुफान राई पुर्पक्षका लागि थुनामा छन।
यस्तै करणी मुद्दाकै आरोपित इलाम सिद्धिथुम्काका मनबहादुर सिञ्जाली फरार रहेको कुरा प्रहरीले जनाएको छ । यस्तै यस वर्षको साउनदेखि पुस १७ गतेसम्ममा जबर्जस्ती करणी अभियोगमा रत्नबहादुर तामाङ, अमृत फागो लिम्बु, अर्जुन लामगादे विक थुनामा परेका छन।
त्यस्तै चुलाचुलीस्थित भानु मावि बुकुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर सम्वाहाम्फे, चमैताका आकाश राई र कुमार गुरुङ, दिलकुमार तामाङ र मनवीर एक्तेन पुर्पक्षका लागि थुनामा परेका छन।
दिन प्रतिदिन महिला हिंसाका घटनामा वृद्धि भइरहेकाले यसको नियन्त्रणका लागि ग्रामीण क्षेत्रसम्म सूचनाको विस्तार गर्नुपर्ने, जनचेतना अभिवृद्धि गर्नुपर्ने श्री दाहालको सुझाव छ । त्यसका लागि प्रहरी कार्यालयले स्थानीय एफएम रेडियोमार्फत सार्वजनिक सूचना प्रसारण गर्ने तयारी पनि गरेको छ । रासस
कारागारभित्रको झडपमा कांग्रेस कार्यकर्ताको मृत्यु, सिन्धुली सदरमुकाममा कर्फ्यु
सिन्धुली जिल्ला कारागारमा कैद बन्दीहरुबीच भएको झडपमा ज्यानमुद्दामा सजाय काटिरहेका तरूण दलका कार्यकर्ताको मृत्यु भएपछि नेपाली कांग्रेसले घटनाको यथार्थ बुझ्न केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदयशम्शेर राणा र डेमोक्रेटिक लयर्स एशोसिएसन सिन्धुलीका अध्यक्ष सम्मिलित एक समिति गठन गरिएको जनाएको छ।

आफ्नो दलको एकजना कार्यकर्ता, त्यो पनि स्पष्ट शब्दमा भन्ने हो भने अपराधी, जसको नाम लिनुपर्दा सम्बन्धित राजनीतिक दलको शिर निहुरिनुपर्ने हो, को कारागार भित्र भएको झडपका कारण मृत्यु हुँदा 'हिरासतमा एउटा नागरिक सुरक्षित रहँदैन भने को कहाँ सुरक्षित छ' भन्ने प्रश्न उठाउँदै छानबिन समिति गठन गर्ने, जिल्लाको प्रशासकीय निकायमाथि ढुङ्गामुढा गर्ने, सडकमा टायर बालेर बजार र यातायात बन्द गर्ने, स्थितीलार्इ नियन्त्रणामा लिन कर्फ्यु आदेश जारी गर्न वाध्य पार्ने दलहरु देशका निरपराधी, निरीह सर्बसाधारण महिलाहरु बलात्कृत हुँदा समेत चूप लागेर बस्नु कतिसम्म जायज हो? झापाकी एउटी किशोरीले सामूहिक बलात्कारको शिकार हुनुपरेको विरोधमा महिलाहरु मात्र प्रदर्शनमा उत्रिनुपर्ने? त्यो पनि कुनै निश्चित राजनीतिक दलको झण्डामुनि? सन्दर्भ सामग्री/तस्विर सौजन्य: इमाज्जा डट कम
यो संसार बलात्कारीहरुकै हो कि क्या हो?
मानिस सबैभन्दा बुद्धिमान पशु हो भन्थे, तर त्यसो रहेनछ, शायद! हामीले गाली गर्दा 'कुक्कुर' भनेर नाम लिने जनवार पनि कार्तिकमा मात्र मात्तिन्छ। हामी मानिसहरु त, खै के हो! बाह्रमाषे! अनि पशुभन्दा पनि निकृष्ट स्वभावका।

महिलाहरुलाई त मानिसहरुले उपभोग, त्यो पनि जबर्जस्ती,को वस्तु नै बनाए बा!
दिल्लीको भक्कानो छुट्नेखालको, मानवतालाई नै कलंकित गर्नेखालको दर्दनाक घटनाले हल्लिएको विश्व-कम्पन मत्थर हुन नपाउंदै भारतकै आसाममा सत्तारुढ दल कांग्रेसकै राजनीतिक प्रतिनिधिले महिलाको कोपको भागी बन्नुपर्यो। अनि नेपालको झापामा फेरि हिजै अर्की कलकलाउँदी लाउँ-खाउँ भन्ने उमेरकी किशोरी नर-पशुहरुको कुदृष्टिको शिकार बन्नपुगिन।
स्नातक दोश्रो वर्षमा अध्ययनरत उन्नाइस वर्षकी किशोरीलाई आफ्ना केटा साथीसङ्ग कुरा गरिरहेका बेला केटालाई कुटेर पछारेपछि केटीलाई लछारपछार गर्दै जबर्जस्ती दमक-9 स्थित हिमालय गुडरिक चिया बगानमा लगेर अनैतिक व्यवहार गर्ने यी नर-पशुहरुको अनुहार त हेर्नुस। यति राम्रो मानिसको चेहरा कति घिनलाग्दो भएको।
बेलुकि सात बजे अपहरणमा परेकी ती किशोरीलाई विहान चार बजे उद्धार त गरियो, तर के उनको मानसिक अवस्थाले उद्धार पाउल? अपहरण र बलात्कारमा संलग्न दमक-9 का सत्र वर्षको सचिन भट्टराई, अठार वर्षको सन्दीप दर्जी र उन्नाइस वर्षको आशिष दर्नाललाई प्रहरीले गिरफ्तार त गर्यो, तर के तिनीहरुले कसुरमाफिकको सजाय पाउलान? सन्दर्भ सामग्री/तस्विर सौजन्य: इमाज्जा डट कम
भारतको आसाममा महिलाद्वारा बलात्कारी राजनीतिज्ञ लाई कारबाही
भारतको आसाम राज्यको एउटा गाउँमा बलात्कार गरेको आरोपमा सत्तारुढ कांग्रेस पार्टीका नेता बिक्रम सिङ ब्रह्मलाई महिलाहरुले कुटपिट गरेका छन। बलात्कारीलाई प्रथम कारबाही गर्ने क्रममा महिलाहरुले ब्रह्मको कमिज धुजाधुजा हुनेगरी च्यात्नुका साथै गालैगालामा चट्काएको बताइएको छ।

गत डिसेम्बर सोह्र तारिखका दिन दिल्लीको नगर बसमा सामूहिक बलात्कारमा परेकी औषधि विज्ञानकी छात्राको मृत्यु भएपछि त्यस्ता बलात्कारी अपराधीहरुलाई कडा कारबाही गर्न दबाब बढ्दो छ।
ती 23वर्षिया छात्राको अपहरण, सामूहिक बलात्कार र हत्याको आरोपमा दिल्ली प्रहरीले पाँचजनालाई गिरफ्तार गरेको छ।
यसैबीच, बलात्कारसम्बन्धी कानूनमा परिवर्तनका बारेमा सुझाव दिनका लागि भनेर भारत सरकारले सर्वोच्च अदालतका सेवा निवृत्त न्यायाधिशको नेतृत्वमा एउटा समिति गठन गरेको छ। तस्विर सौजन्य: बिबिसी
मानिस इमान्दार भएको खण्डमा सहमति नजुट्ने भन्ने कुरै हुँदैन
मानिस इमान्दार भएको खण्डमा सहमति नजुट्ने भन्ने कुरै हुँदैन। तर हाम्रो देशका जुँगाको लडाईमा व्यस्त साठी वर्षभन्दा बढी प्रजातन्त्रका लागि लडेका तथाकथित प्रजातन्त्रबादी/गणतन्त्रबादी नेताहरुले देश र जनताको हितका लागि मात्र भए पनि भनेर आफ्ना अडानबाट अलिकति मात्र पनि टसकोमस गर्न समेत चाहेनन।

त्यो बाँदर पनि कुनै बेला कसैको भान्छामा पसेर डाडु-पनियो चाटेको बाँदर परेछ भने उसले पनि नूनको सोझो गर्नथाल्छ, अनि नेपाल र नेपालीको हालत फेरि उस्तै।
अर्कामाथि मात्रै दोष थुपारेर आफू पानीमाथिको ओभानो बन्न बानी परेका यस्ता नालायक राजनीतिक दलका नेताहरुबाट छुटकारा पाउनुपर्छ भन्ने बुद्धी नेपाली जनतामा कहिलेइ पलाउला? तस्विर सौजन्य: इकान्तिपुर
Subscribe to:
Posts (Atom)