राष्ट्रको बजेटलाई प्रतिपक्षी दलहरुले राजनीतिक हतियारका रुपमा प्रयोग प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रको बजेटलाई प्रतिपक्षी दलहरुले राजनीतिक हतियारका रुपमा प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ। पहिलो राजस्व दिवसका अबसरमा आन्तरिक राजस्व विभागद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधामन्त्री भट्टराईले राष्ट्रको आर्थिक गतिविधिसङ्ग प्रत्यक्षरुपमा गासिएको बजेटजस्तो विषयमा राजनीतिक स्वार्थलाई जोड्नु राम्रो नहुने कुरा बताउनुभयो।

नेपालले राजनीतिक क्षेत्रमा ठुलै फड्को मारे पनि आर्थिक क्षेत्रमा विकासको लक्ष हासिल गर्न कतै नसकेको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले यसका लागि अन्तरिक श्रोतको विवेकपूर्ण परिचालन आवश्यक भएको कुरा बताउनुभयो।
प्रधानमन्त्री भट्टराईले ब्यापारी र उद्यमीहरुलाई करको दायराभित्र ल्याउनका लागि विशेष ध्यान दिन अर्थ मन्त्रालय र राजस्व कार्यालयलाई निर्देशन दिनुभयो।
No comments:
Post a Comment