न्युयोर्क, कार्तिक १ - एमाले नेता केपी शर्मा ओली सिकिस्त बिरामी भएपछि न्युयोर्कको एक अस्पतालमा भर्ना भएका छन् । स्थानीय सयम अनुसार मंगलबार बिहान ओलीलाई क्वीन्स स्थित फरेस्ट हिल अस्पतालमा भर्ना गरिएको हो ।

उनको रगतमा हेमोग्लोबिनको कमी भएको जनाईएको छ । एमाले निकट प्रवासी संगठन युएनडीएफका अध्यक्ष सीता खरेलले दिएको जानकारी अनुसार बिगतमा मृगौला प्रत्यारोपण गरिएका ओलीको अवस्था शुरुमा चिन्ताजनक रहेपनि अहिले केहि सुधार आएको संलग्न चिकित्सकहरुले बताएका छन् । खरेलले भनिन 'मृगौला प्रत्यारोपण गरिएका नेताज्यूको ज्वरो तीन दिन देखि नघटेपछि चिकित्सकहरुले स्थिति सामान्य नरहेको बताए ।' मंगलबार बिहान उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अबुदाबी हुदै बिहीबार न्युयोर्क आउनेक्रममै ओली सामान्य बिरामी भएका थिए ।
No comments:
Post a Comment