
आज यमपंचकको तेश्रो दिन— गाई तिहार। समृद्धि र सम्पन्नताकी प्रतीक गौमताको पूजा गर्ने दिन। प्राचीन कालदेखि नै गाईको दूध, मल-मुत्रबाट लाभान्वित हुँदैआउन पाएकोमा गाईप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै हिन्दुहरु गाईलाई माला र टीका लगाइदिने र मिठो घाँस तथा अन्य खानेकुरा खान दिनेगर्दछन। घरहरु सफा गर्दछन र ढोका तथा झ्याल सयपत्री (हजारी) तथा सुपारे फूलका मालाले सजाउने चलन छ।

यमपन्चक पाँच दिन मनाइए पनि तिहारको रमाइलो खासगरी आज लक्ष्मी पूजाका दिनदेखि शुरु हिन्छ।
हार्दिक शुभकामना सबैलाई लक्ष्मी पूजाका उपलक्षमा ...
हार्दिक शुभकामना सबैलाई लक्ष्मी पूजाका उपलक्षमा ...
आजै, मंगलवार विहान ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँस तिथी परेकाले विहान कुकुर तिहार पनि मनाइयो। विहान कुकुरको पूजा गरी माला लगाइदिएर, मिठो खाने कुरा खुवाइयो । घरपालुवा पशुको रुपमा पालिने कुकुरलाई कुकुर तिहारका दिन यमदूतका रुपमा पूजा गर्ने प्रचलन छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । नरक चतुर्दशीका दिन रातको अन्तिम प्रहरमा शरीरमा तेल घसी स्थान गर्ने र सोही दिन नरक चतुर्दशीका अवसरमा नर्के बग़ाउने चलन पनि छ।
No comments:
Post a Comment