नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति हुनुअघि संविधानका अन्तर्वस्तुमा सहमति हुनु आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । पार्टी मुख्यालयमा संचारकर्मिहरुसङ्ग कुराकानी गर्दै अध्यक्ष मोहन वैद्यले विगत पाँच वर्षदेखिको हाम्रो मुख्य मुद्दा जनमुखी संविधान हो, त्यसैले संविधानका विषयमा सहमत नभइकन सत्तामा जानुको कुनै अर्थ हुँदैन भन्नुभयो।

अबको प्रधानमन्त्रीको उम्मेदवारका रुपमा 'हामीले बादललाई अघि सारेका छौं', अध्यक्ष मोहन वैद्यले भन्नुभयो, 'बादलको विषयमा प्रचण्डजी सकारात्मक हुनुहुन्छ, बाबुरामजीले पनि बादलजीको नाममा सकारात्मक छु भन्नुभएको छ।' माओवादी बैठकले थापालाई यसअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो ।
यस सम्बन्धमा आफ्नो दलले अर्को कुनै पनि विकल्पका बारेमा नसोचेको बताउदै अध्यक्ष मोहन वैद्यले कांग्रेस सभापति सुशील कोइरालाको नाममा पनि आफ्नो पार्टीले धारणा नबनाएको बताउनुभयो।
No comments:
Post a Comment