
कार्यकारी सरकारको निर्णयलाई राष्ट्रपतिले उल्ट्याउन नसक्ने प्रावधान हुँदाहुँदै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रचण्डको सरकार ढालेका यादब माओबादी नेतृत्वको अर्को सरकार पनि ढाल्न प्रयासरत देखिनुहुन्छ। अन्यथा आफैले पत्र लेखेर तिमी कामचलाउ भयेउ भनी पत्र थमाएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजिनामा देउ भन्ने कांग्रेस+एमालेलाई राष्ट्रका पतिका हैसियतले हकार्नुको साटो, बाबुराम सरकार कामचलाउ हो तपाईहरु नयाँ प्रधानमन्त्रीको नाम ल्याएर आउनुस, नयाँ सरकार गठन गर्नुस, बाबुराम सरकार स्वतः बहिर्गमित हुन्छ भन्नुको साटो उल्टै उनीहरुकै दबाबमा परेर बजेट जस्तो राष्ट्रिय महत्वको विषयलाई राजनीतिक हतियार बनाउनेहरुको पक्ष-पोषण हुने काम उहाँबाट हुदैनथ्यो।

यस सरकारको बहिर्गमन विना कुनै सहमति हुननसक्ने अड्डी लिइरहेका कांग्रेस+एमालेहरु सहमति गर्न कुनै पनि हालतमा तयार नभएपछि, बजेट विना राष्ट्र अघि बढ्न नसक्ने भन्दै बाबुराम भट्टराईको सरकारले बजेट अध्यादेश राष्ट्रपति समक्ष पेश गर्नलागेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले बाबुराम सरकार बर्खास्त गर्न र राष्ट्रिय एकताको सरकार गठनको बाटो खुला गर्नका लागि आफ्नो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई अत्यधिक दवाव दिइरहेका छन।
आफैले पत्र लेखेर तिमी अब कामचलाउ भयेउ भनी पत्र थमाएका प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई के आधारमा बर्खास्त गर्ने भन्ने ठूलो असमन्जसमा हुनुहुन्छ, विचरा राष्ट्रपति।
No comments:
Post a Comment