
'मैले गरे सबै राम्रो, अरुले गरे शंकै छ'। संसारका सबै देशका राजनीतिज्ञहरु राजनीति गर्छन, सबै केही हदसम्म जालझेल गर्छन। तर नेपालका राजनीतिज्ञ जति लुच्चा र स्वमताभिमानी शायद अरु कुनै देशका राजनीतिज्ञ होलान! छ छ महिनासम्म कामचलाउ प्रधानमन्त्रीले यो देशको राज्य व्यवस्था संचालन गरिरहनुपरेको छ। एउटा प्रधानमन्त्रीको उम्मेदवारीमा सहमति गर्न नसक्ने कांग्रेस-एमालेहरुले अरु दलहरुसंग कसरी हमति कायम गरेर कसोरी निष्पक्ष निर्वाचन गराउलान?
प्रधानमन्त्रीका लागि एउटा नाम लिएर शितल निवास पुग्नासाथ राष्ट्रपतिले तुरुन्तै बाबुरामलाई कुर्चीबाट हटाउने व्यवस्था गर्नुहुन्थ्यो। यसमा कसैले शंका नगरे हुन्छ। कसै गरे पनि बाबुरामको विकल्प दिन नसकेपछि यिनीहरु बजेट विधेयकमा नगरिदिन लगायतका अन्य कयौं अनुरोधसहित राष्ट्रपतिकहाँ धाउनथाले।

समस्या त राष्ट्रपतिलाई पो पर्यो त। तोकिएको सात दिनको समय-सीमाभित्र उमेदवारी दिने लोककल्याणकारी जनता पार्टीका अध्यक्ष महतोलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने कि नगराउने। आफूलाई १८ दलको समर्थन रहेको दाबी गर्दै दलबलसहित शितल निवास पुगेका महतोलाई प्रधानमन्त्री बनाउने कि नबनाउने? या त राष्ट्रपतिलाई पनि ठूला दलकै उम्मेदवार चाहिएको पो हो कि!
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment