सिरियामा राष्ट्रपति बसार अल असदका विरोधीहरुले नयाँ नेतृत्वदायी अङ्गको गठनमा केही प्रगति हासिल गरेको कुरा जनाएका छन्। नयाँ नेतृत्वदायी अङ्गको गठनसम्बन्धमा कतारको दोहामा भएको पहिलो वार्ता सन्तोषजनक भएपछि दोश्रो दिनको वार्ताले पूर्ण सफलता हासिल गर्ने आशा उनीहरुले गरेका छन्।
यसैविच, सहयोग-कार्यकर्ताहरुका लागि प्रवेशलाई प्रमुख मुद्दा बनाउदै राष्ट्र संघीय नियोगहरुले सिरियामा सहयोग कार्यक्रमका बारेमा छलफल गर्ने भएका छन्। राष्ट्र संघीय सहयोग नियोगहरु र सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने सो बैठक जेनेभामा हुने कार्यक्रम छ।

मानव अधिकारकर्मीहरुको अनुमान अनुसार, विद्रोह शुरु भएदेखि हालसम्म लगभग 35,000 मानिसहरुले ज्यान गुमाइसकेका छन्।
राष्ट्र संघको अनुमान अनुसार, करिब बाइस लाख मानिस बिस्थापित भएका छन्, र बीस लाख भन्दा बढी मानिसलाई सहयोगको आबस्यकता छ।
No comments:
Post a Comment