एकिकृत नेपका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई 'अछुतो' ठानेर प्रतिपक्षीहरुसङ्ग सहमति हुन नसक्ने कुरा बताउनुभएको छ । बुधबार विहान उहाँको निवासमा पत्रकारहरुसङ्ग कुरा गर्दै अध्यक्ष दाहालले सबै विषयमा सहमति भए पनि सरकारका विषयमा आएर कुरा अड्किएको जानकारी दिनुभयो ।

बैशाखमा निर्वाचन गर्ने सन्दर्भमा निर्वाचनप्र क्रियामा पनि सहमति भइसकेको दावी गर्दै दाहालले सामानुपातिक सदस्य संख्याका बारेमा मात्र टुंगो लगाउन बाँकी रहेको कुरा बताउनुभयो ।
२००७ साल र २०४६ सालमा आएको परिवर्तन प्रतिगमनकारीहरुको चलखेलका कारण संस्थागत हुन नसकेको स्पष्ट पार्दै अध्यक्ष दाहालले अहिले फेरि सहज निकास दिन नसके प्रतिगमनकारीहरुले मौकाको फाइदा उठाउने खतरा विद्यमान छ भन्नुभयो ।
मेरो विचार: हालसम्मको गतिविधितिर निस्पक्ष दृष्टि लगाउने हो भने नेपाली कांग्रेस र नेकपा एमाले सहमति गर्न चाहन्छन जस्तो लाग्दैन। अनावश्यक कुरामा अड्डी लिएर समय विताउने, माओवादीले सत्ता कब्जा गर्ने रणनीति बनायो, सहमति गर्न चाहेन भनेर हल्ला गर्ने र उसलाई बदनाम गर्ने काम मात्र नेपाली कांग्रेस र नेकपा एमालेले गरिरहेको देखिन्छ। नत्रभने राष्ट्रपतिले चिठी लेखेर 'काम चलाउ' बनाइसकेका प्रधान मन्त्रीको राजिनामा मागेर छ महिना बिताउनुको अर्थ के हुन्छ ?
तपाई कामचलाउ भैसक्नुभयो भनेर राष्ट्रपतिले चिट्ठी थमाइसकेका प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग्नु आफैमा हास्यास्पद भएन र ?
कामचलाउ त अर्को सरकार गठन नहोउन्जेलका लागि मात्र होइन र? अनि नया प्रधानमंत्रीको नाम लिएर राष्ट्रपतिकाहाँ जान कांग्रेस-एमालेलाई कसले रोकेको छ ? किन यो किचलो? नेपाली जनतालाई उल्लु बनाउन खोजेको?
No comments:
Post a Comment