प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको सुविधा खोस्ने चेतावनी दिएका छन् ।

नेपाल पब्लिक क्याम्पस सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले पूर्व राजा आफ्नो हैसियत बिर्सेर सक्रिय हुन खोजिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिए पूर्व राजाका हैसियतले प्रदान गरिँदैआएका सुविधाहरु खोसिने चेतावनी दिए ।
सङ्क्रमणको अवस्थामा रहेको मुलुकलाई वर्तमान राजनीतिक सङ्कटबाट जोगाउन समाजका सचेत वर्गले नेताहरुलाई सकारात्मक दबाब दिनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन बजेट अपरिहार्य रहेको बताए ।
No comments:
Post a Comment