'सर्बसत्ताबाद र निरङ्कुशताका विरुद्ध' उपत्यका स्तरीय सर्बदलीय कार्यक्रम। कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजीनामाको माग गर्नका लागि आज मङ्सिर आठ गते काठमाडौँमा आयोजित कार्यक्रमको विषय हो यो। कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारको राजीनामाको माग गर्दैआएको विपक्षी गठबन्धनले यसै विषयलाई लिएर अब देशव्यापी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ।

यसबाहेक, कामचलाउ प्रधानमन्त्रीले राजिनामा दिदैन, दिन मिल्दैन भन्ने कुरा पनि हामीले नबुझेको होइनहोला। कामचलाउ प्रधानमन्त्रीले त अर्को नयाँ उमेदवारले नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गरेपछि उसलाई कुर्चीमा विराजमान गराएर आफू बाहिरिने हो। नयाँ प्रधानमन्त्रीको टुंगो नलाग्दै कामचलाउ प्रधानमन्त्रीले कुर्ची छोडिदिएपछि त सत्ता रिक्तताको स्थिति आउनेभयो। त्यसो नहोस भन्नकै लागि कामचलाउको व्यवस्था गर्ने परिपाटी शुरु भएकोहोला। यस वास्तविकतालाई बुझेर सोझा नेपाली जनताका आखाँमा छारो हाल्न छोडे कसो होला?
तस्विर साभार: नेपाल न्युज डट कम
तस्विर साभार: नेपाल न्युज डट कम
No comments:
Post a Comment