
पौडेलले दुई चरणमा सहमति हुनुपर्ने धारणा राखे । पहिलो चरणमा संविधान सभाका लागि निर्वाचनको मिति घोषणा, रिक्त संवैधानिक आयोगमा पदपूर्ति र संविधान संशोधनलगायतका विषयबारे समग्रमा सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिको सरकारमा रुपान्तरण गरेर त्यसपछि निर्वाचन सम्पन गराउनका लागि कांग्रेसलाई नेतृत्व हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो।
उता नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले पार्टीका क्षेत्रीय सभापतिहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि आफ्नो जीवनभरिको आदर्श दाउमा नराख्ने कुरा बताउनुभएको छ।
मेरो विचार: यसरी कसरी सहमति हुनसक्छ? एक-अर्काप्रति कुकुर-बिरालाको जस्तो व्यवहार गरेर सहमतिको अपेक्षा गर्न सुहाउछ र? राजनीतिमा कोही पनि कहिलेइ पनि सदाका लागि शत्रु वा सदाका लागि मित्र हुदैन भनिन्छ। जब कुनै निश्चित दल प्रधामन्त्री उपस्थित भएको हरेक कार्यक्रम बहिस्कार गर्छ, प्रधानमन्त्रीप्रति अछुतको जस्तो व्यवहार गर्छ, अनि अपेक्षा गर्छ- उसले प्रधानमन्त्रीको कुर्ची छोदिदेओस, म बस्छु त्यसमा। सुहाउला र यसो गर्न? तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment