अमेरिकी राष्ट्रपति बराक ओबामाले सिनेटर जोहन केरीलाई अमेरिकाका नयाँ विदेशमन्त्रीमा चुन्नुभएको छ। श्री केरीले वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टनलाई स्थानान्तरित गर्नुहुनेछ।

नयाँ विदेशमन्त्रीको नाम घोषणा कार्यक्रममा बोल्दै राष्ट्रपति ओबामाले केरीको सम्पूर्ण जीवन यसै भूमिकाका लागि तयार हुँदैआएको हो भन्नुभयो। विश्वका नेताहरुबाट केरीले हासिल गर्नुभएको सम्मान र विशावासका लागि ओबामाले उहाँको प्रसंसा पनि गर्नुभयो।
यसअघि संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत सुसन राइसले गत हप्ता यस पदका लागि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो। गत सेप्टेम्बर महिनामा लिबियाको बेन्गाजिस्थित अमेरिकी महाबाणिज्य दूताबासमा भएको घातक आक्रमणपछि राइसको भूमिकाको रिपब्लिकन पार्टीले कडा आलोचना गरेको थियो।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ओबामाले अमेरिकी शक्तिका सारा तत्वहरुलाई आभरण गर्नुपर्ने आबश्यकताप्रति केरी जानकार हुनुहुन्छ, र बयोवृद्ध सिनेटरलाई यसका लागि कार्य-स्थलको तालिम आवश्यक पर्दैन भन्नुभयो।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment