जापानको उदारवादी प्रजातान्त्रिक पार्टीका नेता शिन्जो आबेले आइतबारको निर्बाचनमा अत्यधिक बहुमत हासिल गरेको आफ्नो पार्टीका सामू गहन जिम्मेवारी आइपरेको बताउनुभएको छ। उहाँको दलले (आफ्नो सहयोगी दलसहित) लगभग तीन सय स्थान जितेको छ, जुन संख्या जापानी संसद्को तल्लो सदनमा करिब दुइ तिहाई बहुमत हो।

जापानको अर्थतन्त्र र चीनसङ्गको विवादमा कडा निर्णय लिनुपर्ने बेला प्रधानमन्त्री बन्नलाग्नुभएका आबेका सामु कडा चुनौती खडाभएको छ। 'हामीले अपेक्षा गरेभन्दा बढी स्थान हासिल गरेका छौं', आबेले भन्नुभयो, ' हामीले धेरै धेरै गम्भीर जिम्मेवारी निर्बाह गर्नुछ।'
निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे तापनि जापानी संचार माध्यमहरुले गरेको गणनाअनुसार आबेको दलले दुइ दया चौरानब्बे स्थान ल्याउने पक्का छ।
न्यु कोमेइतो पार्टीले हासिल गरेको एकतीस स्थान जोड्दा आबेको गठबन्धनले चार सय असी स्थान भएको संसदमा दुइ तिहाई बहुमत हासिल गरेकोछ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment