
दिलिप योसेफ नामका ती चिकित्सकलाई मुक्त गर्ने अभियानमा लागेको अमेरिकी र अफगानी सेनाको संयुक्त टोलीले कारबाहीका क्रममा सातजना अपहरणकर्ताहरुलाई मारेको बताइएको छ।
अपहरणकारीहरुले ती चिकित्सकलाई मार्ने वा घाइते बनाउनसक्ने गोप्य सूचना प्राप्त भएपछि आफूले कारबाहीका लागि आदेश दिएको कुरा अफगानिस्तानमा अमेरिकी सेनाका उच्च कमान्डर जनरल जोहन अलानले बताउनुभयो।
No comments:
Post a Comment