अफ्रिकी राष्ट्र सोमालियामा बन्दी बनाइएका एकजना फ्रान्सेली नागरिकलाई मुक्त गराउन फ्रान्सेली सेनाले त्यहाँ शुरु गरेको कारबाहीमा परी बन्दी बनाइएका नागरिक र एकजना सिपाही मारिएको जानकारी फ्रान्सेली रक्षा मन्त्रालयले दिएको छ।

फ्रान्सेली गुप्तचर सेवामा कार्यरत डेनिस अलेक्स नामका ती नागरिकलाई सन् दुइ हजार नौको जुलाई महिनामा सोमालियाका बिद्रोही समूहहरुले अपहरण गरेका थिए।
अलेक्ससँगै अपहरणमा परेका एकजना अर्का नागरिकलाई भने बिद्रोहीहरुले अपहरणको अर्को महिना नै मुक्त गरेका थिए।
फ्रान्सेली सेनाले पश्चिम अफ्रिकी राष्ट्र मालीमा हस्तक्षेप गरेको केही घन्टामै सोमालियाको सो नगरमा कारबाही गरेको थियो। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment