
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यांग हौलानले नेपाल र चीन बीचको मित्रताका लागि पर्यटन उद्योग महत्वपूर्ण मंच भएको र दुइ छिमेकी बीच संचारको सेतुका रूपमा भाषाले सेवा गर्ने कुरा बताउनुभयो। एक-अर्काको भाषा बुझेमा पर्यटन-यात्रा झन प्रभावकारी हुने विचार व्यक्त गर्दै राजदूत यांगले नेपालमा चिनियाँ भाषा सिकाउनमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र अन्य संस्थाहरुको भूमिका प्रसंसनीय रहेको कुरा बताउनुभयो।
नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले नेपालले चीनबाट धेरै कुरा सिक्नसक्छ, र फस्टाउँदो चिनियाँ अर्थतन्त्रका बारेमा जानकारी हासिल गर्नका लागि भाषाले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ भन्नुभयो। उदाउँदो चीन ले नेपालको अर्थतन्त्रमा उत्तोलकको भूमिका खेल्नसक्ने भएकाले चिनियाँ भाषा सिकाइ नेपालको राष्ट्रिय आर्थिक विकासको प्रेरक माध्यम बन्नेसक्ने कुरा मुख्य सचिव पौडेलले बताउनुभयो। नेपालले चीनको भावनालाई बुझी उन्नत भविष्यको मार्गमा अघि बढ्नुपर्ने कुरा पनि पौडेलले बताउनुभयो।
No comments:
Post a Comment