
यस विद्युत प्राधिकरणले बनाएको भार सम्प्रेषण तालिकाअनुसार मात्र नभई यसले मनपरी विद्युत आपूर्ति गर्ने र काट्ने गर्दा आफ्ना टेलिभिजन, कम्प्युटर जलेर भएको क्षति समेत सहन गर्न नेपाली ग्राहकहरु बाध्य छन। यस देशका भ्रष्ट शासकहरुले एउटा ब्यापारी/साहुको गाडीले मान्छे किचेर मार्दा समेत नगन्य मूल्य चुकाएर मुक्त हुने व्यवस्था गरेका छन, तर सर्बसाधारण नागरिकले आफ्नो 'पेट काटेर' भए पनि सूचना र मनोरंजन हासिल गरौँ भनेर किनेको टेलिभिजन, कम्प्युटर जस्ता उपकरणहरु विद्युत प्राधिकरणको मनपरीतन्त्रका कारण जल्दा त्यसको क्षतिपूर्ति दिनुपर्ने कानून बनाउनआवश्यक ठानेका छैनन।
यस संस्थाले यस्ता कर्मचारीहरु पालेको छ जसलाई या त समयसारिणी हेर्न आउँदैन, या फेरि तिनीहरु आफ्ना मालिकका सारै सोझो गर्छन। यसैले यिनीहरु आफ्नै संस्थाले बनाएको समय-तालिकाको पालना आफै गर्न सक्दैनन, विजुली मनपरी (पन्ध्र/पन्ध्र, बीसस/बीस मिनेटको अन्तरालमा समेत) निभाउने र बाल्ने गरिरहन्छन जसका कारण कतिले कति आर्थिक र मानसिक क्षति व्यहोर्नुपरेको छ, यिनलाई थाहा छैन, काननूनको अभावमा।
यी विद्युतका कर्मचारीहरु दिउँसो र राति त्यति सक्रिय देखिदैनन, तर विहान र बेलुकि मानिसहरुलाई विजुली नभईनहुने बेलामा भने विजुली काट्न र जोड्न बडो क्रियाशील देखिन्छन। अब हिजो बेलुकिकै कुरा गरौँ: नेपाली विद्युत प्राधिकरणले नेपाली ग्राहकहरुलाई बेलुकिपख अध्यारोमा बत्ती बाल्ने अधिकार दिएका दिनहरु बिहिबार र शुक्रबार मात्रै हुन। हिजो पाँच बजे विजुली आएर आठ बजे जानुपर्थ्यो। अरु दिन कहिलेइ दस बजे, कहिलेइ, नौ बजे, कहिलेइ आठ बजे त कहिलेइ सात बजे आउँछ।
आज त समाचार हेर्न पाइने भो भनेर कस्सिएर टेलिभिजन अगाडि बसेको परिवारसहित, के बस्नु थियो ! पाँच बजेदेखि आठ बजेसम्म आधा/आधा, पौने/पौने घन्टाको अन्तरालमा चार चोटि लाइन काटियो, अनि आठ बजे निभाउनुपर्ने बेलामा गरी पाँच पटक। अहिले विहानकै कुरा गर्नुस: मेरो भार सम्प्रेषणको चार नं क्षेत्रमा आठ बजेर पच्चीस मिनेटमा विजुली काटियो अनि तुरुन्तै दिइयो, फेरि आठ बजेर छब्बीस मिनेटमा काटियो अनि फेरि तुरुन्तै दिइयो।
किन यसरी बत्ती निभाएको भनी 'नो लाइट' शाखामा फोन गर्दा ट्रीप गएको भनेर सजिलो उत्तर दिन्छन। नेपालको सबैभन्दा बढी राजस्व बुझाउने नेपाल विद्युत प्राधिकरण जस्तो संस्थाले दिनमा कयौं पटक चिप्लिने यस्ता यन्त्रहरु बदल्न किन सक्दैन? या त यो नै यसको 'कमाइखाने भाँडो' हो?
यस संस्थाको व्यवस्थापन पक्षमा अलिकती पनि व्यावशायिक इमान्दारी छ भने, पंचायत कालको राम्रो पक्षको अनुसरण गरोस, र मानिसहरु सुत्ने बेला (रातभरि) र सूर्यले उज्यालो दिने बेला (दिनभरि) बत्ति निभाएर पंचायत कालमा झैं विहान र बेलुकि (मानिसहरुलाई विजुली सबैभन्दा बढी चाहिने बेला) विजुली देओस। त्यति पनि गर्ने क्षमता छैन भने, कम्तिमा आफूले बनाएको भार सम्प्रेषण त;तालिकामा अडिग रहोस। हामी त्यसैमा बानी पर्दैछौं।
No comments:
Post a Comment