जिल्ला अदालत सिन्धुपाल्चोकले जिल्लाको दुवाचौर- ६ निवासी लोकबहादुर घलेलाई आफ्नै छोऱी बेचेको अभियोगमा एघार वर्षको काराबास सजाए सुनाएको छ। घलेले आफ्नै अठार वर्षीया विवाहिता छोरीलाई आठ वर्ष अघि असी हजार रुपियाँमा भारतमा बेचेको आरोप प्रमाणित भएपछि जिल्ला न्यायाधिश अनन्तराज डुम्रेको एकल इजालसले सो कार्यमा मतियार भएका सोही गाविसका हर्कबहादुर तामाङलाई पनि दस वर्षको काराबास सजाय सुनाएको छ।

ती युवतीका श्रीमानले दोश्रो विवाह गरेपछि माइतिमा बसेको मौका छोपेर बावु लोकवहादुरले राम्रो जागिर पाउने प्रलोभनमा छोरी बेचेका थिए। घटनाका मुख्य दोषी दावा भने फरार रहेको बताइएको छ।
मेरो विचार: जिल्ला न्यायाधिश अनन्तराज डुम्रेको यस निर्णयबाट छोरी बेचेर जस्ताको छानो हाल्ने सपना बोक्ने पिछडिएका नेपाली पहाडी बासिन्दालाई आघात पुगे पनि नेपाली चेलीहरुको अस्मिता जोगाउन र नेपाली महिलाहरुको आत्मसम्मानलाई बचाइराख्न अवश्य नै सहयोग पुग्नेछ।

No comments:
Post a Comment