
नेपालसँग सन् १८१६ देखि कुटनैतिक सम्बन्ध भएको बेलायतबाट प्रकाशित हुने लोकप्रिय पत्रिका द टेलिग्राफका सम्पादकलाई नेपालको परराष्ट्रमन्त्रीको नाम थाहा नभएको अबश्यै होइन।
यस पत्रिकाको वेभसाइटमा नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाम उल्लेख गरेर प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको फोटो राखिएको घटनाले नेपालको संचार क्षेत्रको ध्यान केही समयका लागि भए पनि अन्तै मोड्छ, र विश्वको एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको प्रजातान्त्रिक सरकारलाई थाहै नदिई त्यस देशको नागरिक, त्यो पनि राष्ट्र संघीय शान्ति सेनामा कार्यरत सैनिक अधिकारी, लाई आफूखुशी गिरफ्तार गर्ने, र नेपालको विरोधको वास्तै नगरी उनी विरुद्ध बेलायतको अदालतमा मुद्धा चलाउने संयुक्त अधिराज्य सरकारको अर्घेल्याईंको पर्दाफास गर्ने कार्यमा केही हदसम्म बाधा सिर्जना गर्छ।
यस अर्थमा द टेलिग्राफले जानीजानी बाँस्कोटाको फोटो राखेको हुनुपर्छ भन्ने मेरो धारणा छ।
No comments:
Post a Comment