
तर जाडोले योभन्दा दुखद स्थिति तराईतिर सिर्जना गर्यो, जहाँ शीतलहरका कारण कयौ मानिसले ज्यान गुमाउनुपरेको छ। यस वर्षको जाडो शुरु भएदेखियता सप्तरीमा मात्र बीसजनाले ज्यान गुमाइसकेका छन। रौतहट र सर्लाहीमा अत्यधिक जाडोका कारण आज मात्र छजनाको ज्यान गएको छ।
जाडोका कारण तराईका विद्यालयहरु नराम्ररी प्रभावित भएका छन। बाल-बालिकाहरु बिरामी पर्नथालेपछि बारा, पर्सा र रौतहटका सम्पूर्ण विद्यालयहरु एक हप्ताका लागि बन्द गरिएको छ भने सुनसरीका सबै निजी तथा सरकारी विद्यालयहरु चार दिनका लागि बन्द गरिएका छन।
जाडो अझै एक हप्तासम्म नघट्ने अनुमान मौसमविद्हरुले गरेका छन। तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment