
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आवागमन भवनले हालको बढ्दो यात्री-चापलाई थेग्न नसक्ने स्थिति आएपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ आन्तरिक आवागमन भवनको निर्माण कार्य शुरु गरेको हो।
झन्डै एक वर्षमा पूरा हुने लक्षानुसार करिब एघार करोड रुपियाँको लागतमा काम थालिएको नयाँ आन्तरिक आवागमन भवनको निर्माणपछि यात्रीहरुका लागि प्रतिक्षालयको क्षेत्र बढ्ने र, यसका साथै परिवहनका लागि विमानमा लगिने र ल्याइने सामानको ओसार-पसार पनि अर्कै बाटोबाट गरिने जानकारी प्राधिकरणले दिएको छ।
पहिले ब्रिटिस-गोर्खाको घर रहेको क्षेत्र र अहिलेको यात्री आवागमन भवनलाई जोडेर बनाउन लागिएको नयाँ यात्री आवागमन भवनले आगामी आठ-दस वर्षसम्मका लागि यात्री आवागमनको चापलाई थेग्नसक्ने विश्वास विमास्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन गर्नुहुन्छ।
No comments:
Post a Comment