तिहार पर्वलाई वैदिक कालमा भगवान
विष्णुले खुशी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य भोग
गर्नपाउने वरदान दिएको र यी पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरी झकिझकाउ
पारेको कथासँग जोडिएको छ। यसो गरेमा धनकी अधिठात्री देवी महालक्ष्मी खुशी भई सबैका घर-घरमा बास
गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुशी हुन्छन भनी भगवान
विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ।
पौराणिक कथाअनुसार, बलि राजाले राज्य
गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी
यमुनकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषणहरू दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु–भाई र दिदी–बहिनीले
आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजु–भाइको आयु, कीर्ती, सुख र सम्पन्नतामा
वृद्धि हुने विश्वास अनुरूप हिन्दुहरूले यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसङ्ग
मनाउने गर्दछन।
शास्त्रअनुसार, अाजै आयुर्वेदका आचार्य धन्वन्तरिको प्रादुर्भाव भएको भनी वैद्य–कविराजहरूद्वारा धन्वन्तरिको जन्म–जयन्ती पनि मनाइन्छ।
यस उपलक्ष्यमा नयाँ भाँडा किन्ने र त्यसैमा नैवेद्य बनाई लक्ष्मीलाई अर्पण गर्ने चलन छ।

No comments:
Post a Comment