राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतीय सरकारका लागि ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न गरेको आह्वानका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक जारी छ । बैठकले राष्ट्रपतिको कदमबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

तथापि, सात सात महिनासम्म आफ्नो भागमा परेको प्रधामन्त्रीको उम्मेदबारको नाम समेत सिफारिस गर्न नसक्ने पार्टीहरुले सात दिनभित्र सहमतीय सरकारका लागि उपयुक्त व्यक्तिको चयन गर्नसक्लान भन्ने कुरामा राजनीतिक बिश्लेशकहरुले भने शंका व्यक्त गर्नुभएको छ।
No comments:
Post a Comment