विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिचान गर्न कठीन नहुनुपर्ने हो। तर अमेरिकी अन्तरिक्ष संस्था- नासाले यस्तो गलती गर्यो जसका लागि नासाले माफी माग्यो र आफ्नो वेवसाइटबाट त्यो गलत फोटो तत्कालै हटायो।
पृथ्वीदेखि तीन सय सत्तरी किलोमिटरको उचाइमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट रुसी अन्तरिक्ष यात्री युरी मालेंचेन्कोले खिच्नुभएको सगरमाथाको भनिएको फोटो सगरमाथाको नभई भारतको कश्मिर क्षेत्रमा पर्ने कराकोरम पर्वत्मलामा रहेको ससेर मुज्ताघ पर्वत थियो जसमा अलि अलि मात्र हिउँ परेको देखिएको छ।
नेपाल र चीनको सीमा क्षेत्रमा अवस्थित सगरमाथालाई कश्मिरमा कसरी देख्नपुगे ति अन्तरिक्ष यात्री? सगरमाथा र त्यस पर्वतको आकार-प्रकार मिल्दोरहेछ कि कसो? कि यो कसैको चालबाजी हो, सीमा पारि नयाँ लुबिनी निर्माण गर्नलागे जस्तै?
जे होस्, अमेरिकी संजाल स्पेस डट कम लगायत विश्वभरिका संजाल र संचार माध्यमहरुमा द्रुतगतिमा छाएको त्यस तस्वीरले नेपाली मनमा चस्स पारयो।

धन्यवाद, कुन्दा दीक्षितलाई!
यो हो सगरमाथा
No comments:
Post a Comment