एकीकृत नेकपा माओवादी र सत्तारूढ मधेसी मोर्चाबीचको बैठकले सबै विषयमा समग्रमै सहमति जुटाउनुपर्ने अडान दोहर्याएको छ । देशका जल्दाबल्दा विषयलाई एकातिर पन्छाएर खालि सत्तामा व्यक्ति परिवर्तनका विषयमा मात्र सहमति गर्नुको औचित्य नभएको ठहर प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको संयुक्त बैठकले गरेको हो।

'यी सबै विषयसँगै सहमतिको सरकारको विषय पनि प्याकेजमै टुंग्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो' मन्त्री महतोले भन्नुभयो। उल्लेखित विषयमा सहमतिसँगै राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ, जसको नाममा सहमति हुन्छ, उसैले राष्ट्रिय सरकारको नेतृत्व गर्छ, उहाँले भन्नुभयो।
बैठकमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई, मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष विजयकुमार गच्छदार, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो।
तस्विर-सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment