एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले पार्टीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने निर्णय गरिसकेकाले त्यसको विरुद्धमा कसैले पनि जानुनहुने बताउनुभएको छ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सापकोटाले पार्टी प्रधानमन्त्री भन्दा ठूलो भएकाले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले पनि मान्नुपर्छ भन्नुभयो।

उहाँले विघठित संविधान सभाको उपलब्धिको स्वामित्व ग्रहण गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने र निर्वाचनका लागि संविधान संशोधन गर्ने विषयमा समग्रमै सहमति जुटाउने विषयमा दलहरु सहमतिको नजिक पुगेको जानकारीपनि दिनुभयो। तस्विर सौजन्य: इकान्तिपुर
मेरो विचार: कुरो शायद मैले नै नबुझेकोहोला, कामचलाउ भैसकेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन यति गाह्रो किन पर्योहोला भन्ने बारेमा। अझै पनि मेरो मन मान्ने पक्षमा देखिदैन। मेरो मन अझै पनि भन्छ: कामचलाउ भैसक्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कुर्ची छोड्न बाध्य पार्ने सजिलो तरिका छ- प्रतिपक्षमा रहेका दलहरुले आफ्नो उम्मेदवार चुनेर राष्ट्रपतिकहाँ पुगी शपथ ग्रहण गराएपछि बाबुराम स्वतः बालुवाटारबाट बाहिरिनुहुन्छ। यति सजिलो बाटो छोडेर राष्ट्रपति लगायत दलहरु किन पछाडिबाट कान समाउने अभ्यास गर्दैछन?
No comments:
Post a Comment