
पाकिस्तानमा शिया मुसलमान तिर्थयात्रीहरु लिएर गैरहेका बसहरुमाथि गरिएको बम आक्रमणमा परी कम्तिमा सत्रजना मारिएका छन।
बलुचिस्तान प्रान्तको मस्तुंग जिल्लामा गरिएको सो आक्रमणमा परी घाइते हुनेहरुको संख्या बीसभन्दा बढी रहेको जानकारी स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
पछिल्ला वर्षहरुमा पाकिस्तानमा साम्प्रदायिक हिंसाका घटनाहरुमा वृद्धी भैरहेको छ। गत महिना मात्र रावलपिन्डीमा गरिएको यस्तै प्रकारको आक्रमणमा परी तेइसजना शिया मुसलमान मारिएका थिए।
आज गरिएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको बताइएको छ।
नक्सा सौजन्य: बिबिसी
No comments:
Post a Comment