रसियाको एउटा यात्रुवाहक बिमान धावन मार्गबाट बाहिर गई मुख्य सडकमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा चारजना मारिएका छन।
उडान नम्बर आरडब्ल्युजेड9268को तुपलेव-204 बिमान मस्कोको व्नुकव बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जानकारी रुसी समाचार माध्यमहरुले दिएकाछन।

दुर्घटनाग्रस्त बिमानको पुच्छर र चालक दलका सदस्यहरु बस्ने भाग टुक्रिएको छ भने, तेलको ट्यांकी केही भएको छैन।
चेक गणतन्त्रबाट फर्केको सो दुर्घटनाको कारण बारे छानबिन गर्न रुसी राष्ट्रपति सेर्गेइ मेदवेजेबले आदेश दिनुभएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment