अमेरिकी अन्तरिक्ष संस्था- नासाका चन्द्रमाको गुरुत्वाकर्षण मापन गर्न पठाइएका एब र फ्लो नामका दुइवटा भू-उपग्रहले चन्द्रमामै आफ्नो इहलीला समाप्त परेकाछन।

त्यसरी जानीजानी खसाल्दा अनियन्त्रित भै अपोलोले अवतरण गरेको ठाउँजस्ता ऐतिहासिक ठाउँमा खस्ने सम्भावना नरहने कुरा वैज्ञानिकहरुले जनाएका छन्।
नासाको भित्रि-अन्तरिक्ष रेडियो सङ्केत अनुगमन पद्धतिले ग्रीन-वीच समयअनुसार बेलुकि साढे दस बज्नुभन्दा ठीक अघि रेडियो सङ्केत हराएको पुष्टि गरेको थियो।
ती दुइवटा भू-उपग्रहलाई ठोक्काइएको ठाउँलाई अमेरिकाकी प्रथम महिला अन्तरिक्ष यात्री स्याली राइड नाम दिइएको घोषणा गरियो। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment