आफ्नोपनलाई बिर्सेर अर्काको संस्कृति अँगल्दा देखापर्ने स्थिति बिसङ्गति हो, र यसै बिसङ्गतिको प्रतिफल हो– रामपुर कृषि क्याम्पसमा गत राति भएको तोडफोड ।

ग्रिगोरियन पात्रोअनुसार चल्ने यूरोप र अमेरिका मात्र होइन,हाम्रै छिमेकी भारतमा समेत नेपालको नयाँ वर्ष यिनीहरुको पात्रोको महिना- अप्रिल पन्ध्र तारिखतिर पर्छ भन्ने कुराको समेत जानकारी हुँदैन, अर्को छिमेकी चीनमा त, त्यहाँका मानिसहरु नेपाल भन्ने देश पनि छ र? नेपाल कहाँ पर्छ भनेर सोध्छन भन्ने कुरा पढ्ने बेलामा नपढ्ने, कक्षामै नजाने, अनि जाँचमा प्रश्नपत्र अप्ठ्यारो लाग्यो भने (नपढेपछि अप्ठ्यारो त लाग्छ नै) नपढ़ाएकोबाट प्रश्न दिइयो भनेर हड्तालमा उत्रने अहिलेको विचरा युवा पुस्तालाई के थाहा!
इटालीका अधिकांश मात्र नभई, नब्बे प्रतिशत भन्दा बढी मानिसलाई विश्वमा नेपाल नामको देश पनि छ भन्ने कुरा थाहै हुँदैन, (नेपालको कुनै चाड मनाउने कुरा त कल्पनाको कुरा भयो), तर हामी त्यहाँको कुनै सामन्तबादी सोचको परिणाम भ्यालेन्टाइन दिवस मनाएर आफूलाई एकदम चेतनशील र आधुनिक ठानिरहेका हुन्छौं।
यस्तो पराजित मानसिकताको विजारोपण गर्ने नेपाली शिक्षाका व्यापारीहरु र यस्तो व्यापारलाई खुलेआम फष्टाउन दिएर सरकारी स्तरका विद्यालयहरुलाई अनुदान नै नदिएर बन्द हुन वाध्य पार्ने भ्रष्ट राजनीतिले प्रश्रय पाउञ्जेल यस्ता तोडफोडका घटनाहरु हुँदैजानेछन, बढ्दैजानेछन।
No comments:
Post a Comment