
यही माघ बीस गतेदेखि हुने दलको महाधिवेशनमा पेस गर्ने राजनीतिक दस्तावेजमा अध्यक्ष पुष्पकमल दाहालले उक्त कुरा उल्लेख गर्नुभएको छ। दस्तावेजमा दुबै छिमेकीहरुसङ्ग सम-दूरी कायम गरी सन्तुलनको स्थिति कायम गर्ने प्रस्ताव गरिएको छ।
यस सन्दर्भमा एनेकपा माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले भारतलाई हेर्ने नीतिमा परिवर्तन आएको नभई दुवै छिमेकीलाई समान स्तरमा राख्ने र समान व्यवहार गर्ने भन्ने मात्र यसको अर्थ हो भन्नुभएको छ।
दस्तावेजमा अध्यक्ष दाहालले भारतलाई विस्तारवादी शक्तिकै रूपमा परिभाषित गरे पनि भाषाको प्रयोग भने नरम तरिकाले गर्नुभएको छ। पार्टीको विदेश नीति राष्ट्रिय सुरक्षासँग गाँसिएकाले छिमेकी देशहरूसँग अनाक्रमक सन्धि गरी सुरक्षाको प्रत्याभूति तथा उनीहरूका आन्तरिक मामिलामा तटस्थ रहने नीति लिइने कुरा दस्ताबेज-प्रस्तावमा उल्लेख छ।
तत्कालका जल्दाबल्दा समस्याहरूका विषयमा जन-परिचालन गरी महाधिवेशनका क्रममा उपरोक्त विषयहरूमा अझ ठोस र व्यवस्थित नीति र योजना विकास गर्नु पार्टीको तात्कालीन कार्यक्रम हुने कुरा दस्तावेजमा पार्टी अध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ।
No comments:
Post a Comment