
राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि बोल्दै श्री ओबामाले राजनीतिक एकताका लागि आग्रह गर्नुभयो।अमेरिकाका चावालिसौं राष्ट्रपति ओबामाले मुख्य न्यायाधिश जोहन रोबर्ट्सबाट शपथ ग्रहण गर्नुभएको थियो।
अमेरिकी भूतपुर्ब राष्ट्रपतिहरु बिल क्लिन्टन, जिमी कार्टर, कतिपय सांसदहरु, कंग्रेसका नेताहरु र अन्य प्रतिष्ठित व्यक्तिहरु समारोहमा उपस्थित हुनुहुन्थ्यो।
शपथ ग्रहण गरेलगत्तै बासिङ्टनमा आयोजित भव्य समारोहमा अमेरिकी राष्ट्रपति ओबामाले पत्नी मिचेलसङ्ग नृत्यमा सहभागी हुनुभयो। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment